ओप्पो फाइन्ड एन३ मा टप–नच सेक्युरिटीको लागि डेडिकेटेड चिप राखिने

Technology Khabar ३० आश्विन २०८०, मंगलवार

ओप्पो फाइन्ड एन३ मा टप–नच सेक्युरिटीको लागि डेडिकेटेड चिप राखिने

काठमाडौं ।

ओप्पोले आफ्नो पछिल्लो फोल्डिङ स्क्रिन स्मार्टफोन ‘ओप्पो फाइन्ड एन३’ अक्टोबर १९ मा चीनमा अनावरण गर्ने तयारी गरेको छ। उक्त लन्च अघि आगामी फ्ल्यागशिप सुरक्षाको उन्नत स्तरको परिचय दिने एक स्वतन्त्र सेक्युरिटी चिपको साथ आउने कम्पनीले आधिकारिक रूपमा खुलासा गरेको छ।

ओप्पो फाइन्ड एन३ ले टप–नच सेक्युरिटी (उच्च स्तरको सुरक्षा) प्रदान गर्ने
ओप्पोका प्रमुख उत्पादन अधिकृत लिउ जुओहुले वर्णन गरेअनुसार यो इनोभेटिभ सेक्युरिटी फिचर (नवीन सुरक्षा सुविधा) प्रयोगकर्ताहरूलाई थप गोपनीयता र मानसिक शान्ति प्रदान गर्न डिजाइन गरिएको गीज्मोचाइनामा उल्लेख छ।

प्रयोगकर्ताहरूले सहज रूपमा एक साधारण बटन थिचेर एक डेडिकेटेड, प्राइभेट स्पेस पहुँच गर्न सक्ने र यसलाई उपयुक्त रूपमा “आईसोलेटेड आईल्याण्ड” नाम दिइएको छ। यसले आराम, शिष्टाचार, मनको शान्ति र स्वतन्त्रता जस्ता कुराहरुमा ध्यान केन्द्रित गर्दै व्यक्तिगत र व्यापारिक डाटाको सुरक्षाको लागि हार्डवेयर–लेभल सेक्युरिटी (सुरक्षा) प्रदान गर्ने जनाइएको छ।

ओप्पोले एन३ को एनहान्स्ड सेक्युरिटी फिचर्सहरू हाइलाइट गर्नका लागि भनेर एक प्रमोशनल भिडियो पनि जारी गरेको छ।

ओप्पो फाइन्ड एन३ फोल्डेबल फोन स्ट्याण्डर्ड (मानक) र कलेक्टर्स एडीसन गरी दुई संस्करणमा उपलब्ध हुने अपेक्षा गरिएको छ। रिपोर्टहरूका अनुसार एन३ भित्र २के रिजोल्युसन सहितको ७.८२–इन्चको फोल्डेबल एएमओएलईडी स्क्रिन र बाहिरी भागमा ६.३१–इन्चको एफएचडी प्लस एएमओएलईडी डिस्प्ले फिचर गरिने छ। साथै दुवै स्क्रिनहरूले १२० हर्ज रिफ्रेस दरलाई समर्थन गर्ने र उच्च पिक्सेल डेन्सिटी (घनत्व) रहने उल्लेख छ। त्यसैगरी डिभाइसमा ३.३६ गीगाहर्जमा क्लकिङ्ग गरिएको स्न्यापड्रागन ८ जेन २ चिपसेट समावेश गरिएको र १ टीबी यूएफएस ४.० स्टोरेजको साथ पेयर्ड गरिएको १६ जीबीको एलपीडीडीआर५एक्स र्याम प्रदान गर्नेछ।

त्यसैगरी फाइन्ड एन३ मा ३२–मेगापिक्सेलको फ्रन्ट क्यामरा र २०–मेगापिक्सेलको इन्टर्नल क्यामराका साथै पछाडि भने ४८ मेगापिक्सेलको (मुख्य, ४८ मेगापिक्सेलको (अल्ट्रा–वाइड), ६४ मेगापिक्सेलको (पेरिस्कोप) ट्रिपल क्यामरा एकाई हुनेछ।

साथै डिभाइसमा ६७ वाटको फास्ट चार्जिङ र ५० वाटको वायरलेस चार्जिङ सहितको ४,८००एमएएच ब्याट्री रहने उल्लेख गरिएको छ। कलेक्टर्स एडीसनमा २४ जीबी एलपीडीडीआर५एक्स र्याम र १ टीबी यूएफएस ४.० स्टोरेजको साथ आउन सक्नेछ।

वनप्लस ओपन र ओप्पो फाइन्ड एन३ ले मूलतया एउटै फोल्डेबल स्क्रिन फोनलाई प्रतिनिधित्व गर्दछन। यद्यपी फाइन्ड एन३ ले घरेलु बजारलाई लक्षित गरिएको र वनप्लस ओपनले अन्तर्राष्ट्रिय बजारहरूलाई लक्षित गरिएको उल्लेख छ।

Sajilo Visa

प्रकाशित: ३० आश्विन २०८०, मंगलवार