भारतीय अपरेटर जियोको नयाँ फिचर फोन जियोभारत बी१ भारतमा लन्च

Technology Khabar २८ आश्विन २०८०, आईतवार

भारतीय अपरेटर जियोको नयाँ फिचर फोन जियोभारत बी१ भारतमा लन्च

काठमाडौं ।

भारतीय दूरसञ्चार कम्पनी जियोले यूजर फ्रेण्डली र बजेट–मैत्री डिभाइसहरूको दायरा विस्तार गर्दै जियोभारत बी१ फीचर फोन प्रस्तुत गरेको छ।

नयाँ फिचर फोन भारतमा टियर ३ प्रयोगकर्ताहरूलाई विशेष ध्यान दिएर डिजाइन गरिएको जनाइएको छ।

साथै ठूलो डिस्प्ले र एनहान्स्ड ब्याट्री लाईफ साथ जियोभारत बी१ ले जियोपे एप मार्फत भिडियो कन्टेन्ट र यूपीआई पेमेन्ट्स (भुक्तानीहरू) को लागि एफोर्डेबल गेटवे प्रदान गर्ने उल्लेख छ।

जियोभारत बी१ को डिजाइनमा म्याट र ग्लसी एलिमेन्टहरू मिसाइएको छ। पछाडिको प्यानलमा आईकोनिक जियो लोगोसहित म्याट फिनिश रहेको छ। त्यसैगरी, ग्लोसी भाइजर–लाइक क्यामरा मोड्युलले एकल क्यूभिजीए क्यामरा र एक लाउडस्पीकर ग्रिललाई समायोजन गर्नेछ।

जियोभारत बी१ मा यसको पूर्ववर्तीहरूको भन्दा ठूलो २.४–इन्चको डिस्प्ले समावेश गरिएको र यो डिस्प्ले फोरजी कनेक्टिभिटीको लागि भिडियो कन्टेन्टको मजा लिनको लागि उपयुक्त हुने जनाइएको छ। साथै यस फीचर फोनमा २,००० एमएएच ब्याट्री रहेको छ।

जियोभारत बी१ मा जियोसिनेमा, जियोसावन र जियोपे (यूपीआई) जस्ता एपहरूसँग प्रि–लोड गरिएको छ। साथै डिभाइसमा पढ्नको लागि भनेर २३ ओटा मातृभाषाहरू पनि समर्थन गर्नुका साथै र यूपीआई पेमेन्ट्स र क्यूआर कोड स्क्यानिङको लागि जियोपे एपको सुविधा पनि राखिएको छ।

जियोभारत बी१ फीचर फोनको मूल्य भारु १,२९९ तोकिएको छ।

Sajilo Visa

प्रकाशित: २८ आश्विन २०८०, आईतवार

तपाइको प्रतिक्रिया