टेरामोस बारेमा एनसेल तथा विज्ञसँग छलफल गरिने

  • Technology Khabar | २६ आश्विन २०८०, शुक्रबार
टेरामोस बारेमा एनसेल तथा विज्ञसँग छलफल गरिने
फाइल फोटो।

काठमाडौं ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले टेरामोसबारेमा एनसेल तथा विज्ञसँग छलफल गर्ने भएको छ। टेरामोस प्राविधिक विषय भएकाले एनसेल तथा विज्ञसँगको छलफल गरेर थप निर्णय गरिने समितिका सदस्य तथा सांसद राजेन्द्रकुमार केसीले जानकारी दिए।

टेरामोक्स प्रणालीको खरिद र दूरसञ्चार कम्पनीहरूको लगातार घट्दै गइरहेको आम्दानी सम्बन्धमा बिहीबार र शुक्रबार गरी दुई दिन लगातार समितिको बैठकमा छलफल भएको थियो।

बैठकले टेरामोस प्राविधिक विषय भएकाले एनसेल र विज्ञसँग पनि छलफल गर्नु पर्ने सांसदहहरुको माग थियो।

शुक्रबारको समिति बैठकले टेरामक्स परियोजनासम्बन्धी सम्पूर्ण कागजात ७ दिन भित्रमा बुझाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।

‘टेरामक्स प्रविधि खरिद प्रक्रियाका सम्बन्धमा विस्तृत अध्ययन गर्नुपर्ने भएकाले यो प्रविधि खरिद प्रक्रियाको प्रारम्भदेखि अहिलेसम्मका कागज एवं निर्णयको गतिविधि सात दिनभित्र समितिमा बुझाउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन छ,’ समितिको निर्देशनमा भनिएको छ।

प्रकाशित: २६ आश्विन २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

U.S. FAA authorizes SpaceX Falcon 9 rocket return to flight

  • २६ आश्विन २०८०, शुक्रबार

China launches BeiDou-based satellite short messaging service for emergency needs

  • २६ आश्विन २०८०, शुक्रबार

EU tells TikTok to change ‘addictive’ design

  • २६ आश्विन २०८०, शुक्रबार