ओप्पो ए२एक्स १४ अक्टोबरमा सार्वजनिक हुने

Technology Khabar २४ आश्विन २०८०, बुधबार

ओप्पो ए२एक्स १४ अक्टोबरमा सार्वजनिक हुने

काठमाडौं ।

ओप्पो ए२एक्स १४ अक्टोबरमा सार्वजनिक हुने भएको छ। कम्पनीले मंगलबार आफ्नो विइवो प्रोफाइलमा खुलासा गरेको छ। यो स्मार्टफोन ब्रान्डको अनलाइन स्टोरमा सूचीबद्ध भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

किफायती ह्याण्डसेटको मूल्य १ हजार ९९ चिनियाँ युआन आर्थत १५० अमेरिकी डलर तोकिएको छ।

हालसम्म स्पेसिफिकेसन बाहिरिएको छैन तर रिपोर्टका अनुसार डिभाइसमा डाइमेनसिटी ६०२० चिपसेट हुनेछ। सूची अनुसार मोबाइल ६ जीबी र्याम तथा १२८ जीबी स्टोरेज वा ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ। पछाडि एउटा क्यामरा र वाटरड्रप नोचमा फ्रन्ट क्यामरा छ।

अनलाइन स्टोरमा मिडनाइट ब्ल्याकमा ओप्पो ए२एक्स देखिएको छ। तर आधिकारिक पोस्टरहरूमा स्पष्ट रूपमा दुई थप रंग फ्लाइङ फ्रोस्ट पर्पल र मलबेरी गोल्ड विकल्पमा उपलब्ध छ।

पवार कि ठूलो र फ्ल्याट छ। यसले फिङगप्रिन्ट स्क्यानरको रूपमा काम गर्छ। फ्रन्ट प्यानल एलसीडी हुने सम्भावना छ।

Sajilo Visa

प्रकाशित: २४ आश्विन २०८०, बुधबार