नेपालगञ्जमा हिंसा भड्किन नदिन मोबाइल नेटवर्क बन्द गर्न राप्रपा सांसदको माग

Technology Khabar १६ आश्विन २०८०, मंगलवार

नेपालगञ्जमा हिंसा भड्किन नदिन मोबाइल नेटवर्क बन्द गर्न राप्रपा सांसदको माग

काठमाडौं ।

राप्रपाका सांसद धवल शमशेर जबराले बाँकेको नेपालगञ्जमा हिंसा भड्किन नदिन मोबाइल फोन नेटवर्क बन्द गर्न माग गरेका छन्।

उनले मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर उनले जुनसुकै हिंसा भएपनि तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

“यो सबैको जड भनेको मोबाइलको संजाल हो। यसमा साइबर क्राइमलाई तुरुन्तै नियन्त्रण गर्नुपर्यो। देशभर हिंसा भड्किनुको मुख्य जड मोबाइल नेटवर्क भएकाले त्यसलाई तत्काल बन्द गर्न आग्रह गर्छु।”

उनले हिन्दु र मुस्लिम समुदायबिच सदभाव नबिगार्न समेत अनुरोध गरेका छन्।

उनले दोषीहरुलाई साइबर अपराधमा कारबाही गर्न समेत माग गरेका छन्।

नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबिच हिंसा भड्किन सक्ने देखिएकाले स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको छ।

easy care

प्रकाशित: १६ आश्विन २०८०, मंगलवार

ताजा समाचार