नोकिया रग्ड इन्डिस्ट्रियल स्मार्टफोनहरु अनावरण

Technology Khabar १५ आश्विन २०८०, सोमबार

नोकिया रग्ड इन्डिस्ट्रियल स्मार्टफोनहरु अनावरण

काठमाडौं ।

नोकियाले रग्ड डिजाइन भएको दुई ओटा नयाँ इन्डिस्ट्रियल फोन सार्वजनिक गरेको छ। नोकिया एचएचआरए५०१एक्स र नोकिया आईएस५४०.१ रग्डनेस आवश्यक पर्ने इन्डिस्ट्रियल एप्लिकेसन्सको लागि डिजाइन गरिएको उल्लेख छ। साथै नोकियाले जर्मन कम्पनी आई डट सेफ मोबाइल जीएमबीएचसँग साझेदारी गरी दुई नयाँ फोनहरू डेलिभर गर्नेछ।

नोकियाका दुई नयाँ रग्ड फोनहरूलाई ईएक्सको रूपमा क्लासिफाई गरिएको छ भने तिनीहरूले एउटै प्राविधिक प्लेटफर्म सेयर गरेको छ। त्यसैगरी कडा परिक्षण प्रणाली पश्चात उक्त दुई नयाँ फोनहरू उडानमा आएको जनाइएको छ। साथै फोनहरूलाई माइनिङ्ग (खानी), ओयल (तेल), ग्यास र केमिकल्स (रसायन) जस्ता उद्योगहरूको लागि कनेक्टिभिटी रिक्वायरमेन्टस् पूरा गर्ने रूपमा स्वीकृत गरिएको छ।

नोकिया एचएचआरए५०१एक्स र नोकिया आईएस५४०.१ लाई विभिन्न स्तरको विस्फोटको जोखिम भएका ठाउँहरूमा सुरक्षित रूपमा प्रयोग गर्न सकिने जनाइएको छ। उक्त दुई नयाँ फोनहरूलाई एटीईएक्स जोन १ वा एटीईएक्स जोन २ मा प्रयोग गर्न सकिने थप उल्लेख गरिएको छ।

नोकिया आईएस५४०.१ मा गोरिल्ला ग्लास ३ प्रोटेक्सन सहितको ६ इन्चको स्क्रिन रहेको छ। त्यसैगरी फोनमा स्न्यापड्रागन ७७८ सँग बराबरको पर्फमेन्स (प्रदर्शन) मेट्रिक्सको साथ डुअल–कोर क्वालकम क्यूसीएम६४९० चिप समावेश गरिएको जनाइएको छ। यो मोडल ८जीबी र्याम र १२८जीबी एक्सटर्नल स्टोरेजको साथ आउने उल्लेख छ।

नोकिया आईएस५४०.१ को क्यामरा सेटअपमा अटोफोकससहितको ४८ मेगापिक्सेल रियर क्यामरा र ५ मेगापिक्सेल फ्रन्ट क्यामरा समावेश गरिएको छ। त्यस्का साथै फोनमा ४,४०० मिलिअम्पियर–आवरको रिमुभएबल ब्याट्री रहेको भए तापनि यस ब्याट्रीको एक्सपेक्टेड् ड्यूरेसन (अपेक्षित अवधि) को बारेमा भने कुनै विवरण साझा नगरिएको उल्लेख छ।

नोकिया आईएस५४०.१ फोनले नोकिया ८०० टफ सँग मिल्दोजुल्दो भएको तर यस पछिल्लो मोडलमा केही थप सुधार र नयाँ लोगो रहेको उल्लेख गरिएको छ।

easy care

प्रकाशित: १५ आश्विन २०८०, सोमबार