Technology Khabar १३ आश्विन २०८०, शनिबार
काठमाडौं ।
लेनोभोले विगत तीन वर्षमा कम्तिमा पनि पाँचओटा ट्याब एम१० ट्याब्लेटहरू लन्च गरेको छ। कम्पनीले हाल ट्याब एम११ स्लेटमा काम गरिरहेको छ।
लीक भएको रेन्डर्स र स्पेक्सकाअनुसार उक्त पायोनियर एक इन्ट्रि लेभल ट्याब्लेट हुने जनाइएको छ।
त्यसैगरी ट्याब्लेटमा ११ इन्चको स्क्रिनका साथै ब्याट्री क्षमता ७,०४० मिलिएम्पियर–आवर हुने र सो ब्याट्रीले सिङ्गल चार्जमा १० घण्टा सममको भिडियो प्लेब्याक गर्न सक्ने जीएसएमएरिनामा उल्लेख गरिएको छ।
प्राविधिक रूपमा, डिभाइसमा १९२०x१२०० पिक्सेल रिजोल्युसन र ४०० निट ब्राइटनेसको साथ १०.९५ इन्चको एलसीडी डिस्प्ले हुनेछ। त्यसैगरी बेजेलमा ८ मेगापिक्सेल क्यामरा हुनेछ भने पछाडिको भागमा ८ मेगापिक्सेल/१३ मेगापिक्सेल क्यामरा रहने उल्लेख गरिएको छ। तसर्थ विभिन्न बजारहरूले फरक कन्फिगरेसन पाउने सम्भावना रहेको उल्लेख गरिएको छ।
यस ट्याब्लेटमा मिडियाटेक जी८८ चिपसेटका साथै ४/६४ जीबी, ४/१२८ जीबी र ८/१२८ जीबी गरी तीन फरक मेमोरी भर्सनहरूमा ल्याइने र ती सबैमा माइक्रो एसडी स्लट पनि रहने छ।
यो ट्याब्लेट एन्ड्रोइड १३ सँग सिपिङ्ग गरिने र एन्ड्रोइड १५ मा ओएस अपडेटहरू र सेक्यूरिटी प्याचहरू जनवरी २०२८ सम्म प्राप्त गर्ने उल्लेख छ।
यस ट्याब्लेटको आधिकारिक रिलीज मिति र मूल्यको बरेमा अहिले सम्म कुनै पनि विवरण उपलब्ध नभएको तर टिप्सका अनुसार यसको मूल्य लगभग ३३० अमेरिकी डलर हुने उल्लेख गरिएको छ।
प्रकाशित: १३ आश्विन २०८०, शनिबार