ओप्पो फाइन्ड एन३ फ्लिपको लाइभ ईमेज लीक

Technology Khabar १२ आश्विन २०८०, शुक्रबार

ओप्पो फाइन्ड एन३ फ्लिपको लाइभ ईमेज लीक

काठमाडौं ।

ओप्पो फाइन्ड एन३ हालै मात्र चिनियाँ बजारमा अनावरण गरिएको थियो। ब्रान्डले आफ्नो घरेलु बजारमा डिभाइसलाई लन्च गरेतापनि विश्वव्यापी रिलीजमा भने अझै पनि स्पष्टता छैन्।

तर अब उक्त डिभाइस ओभरसिज लन्चको नजिक हुन सक्ने एक लीकले संकेत गरेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

ओप्पो फाइन्ड एन३ फ्लिप ग्लोबल मोडल लीक

यो पछिल्लो लीक यसै मामिलासँग नजिक रहेको स्रोतहरूबाट आएको र ९१मोबाइल्सले साझा गरेको छ। भर्खरको रिपोर्टमा नयाँ फोल्डेबल स्मार्टफोन लाइभ ईमेजमा देखा परेको उल्लेख छ। तर लीकको मुख्य फोकस भने डिभाइस नभएर फोल्डेबलको कभर डिस्प्लेमा भएका कन्टेन्ट (सामग्री) हरू प्राइमरी फोकस भएको उल्लेख छ।

सिल्भर फाइन्ड एन३ फ्लिप मोडल (जुन चीनमा उपलब्ध छैन) सेकेण्डरी स्क्रिनमा ग्लोबल एप्सका साथ देख्न सकिने उल्लेख गरिएको छ। सानो एक्सटर्नल प्यानलमा ह्वाट्सएप, एक्स (पहिले ट्विटर), युट्युब म्युजिक, जीपे र अन्य थप एपहरु पनि देख्न सकिने उल्लेख छ।

त्यसैगरी फाइन्ड एन३ फ्लिप छिट्टै नै विश्व बजारमा आउनेछ भनेर यसले संकेत गरेको र त्यसमा भारतीय बजार पनि समावेश हुने उल्लेख छ। तस्बिर बाहेक, ९१मोबाइल्स रिपोर्टले स्मार्टफोनको कभर डिस्प्लेमा कम्प्याटिबल एपहरूको पूर्ण सूची पनि साझा गरेको उल्लेख छ।

उक्त सूचीमा देखापरेअनुसार फोल्डेबल फोनले नेटफ्लिक्स, लिंक्डइन, यूट्यूब म्युजिकका साथसाथै जोमेटो, स्वीगी, जेरोधा, विङ्क म्युजिक, जियोसावन, बुकमाई शो र एमआधार जस्ता लोकप्रिय भारतीय एपहरूलाई पनि समर्थन गर्ने जनाइएको छ।

यस आधारमा भन्दा, ओप्पो फाइन्ड एन३ फ्लिप भारतबाट विश्व बजारमा चाँडै नै लन्च हुन सक्ने सम्भावना रहेकोछ।

डिभाइसको बारेमा कुरा गर्दा, ओप्पो फाइन्ड एन३ फ्लिपमा फुल एचडी प्लस रिजोलुसन र १२० हर्ज रिफ्रेस रेट सहितको ६.८ इन्चको अग्लो एएमओएलईडी(एमोलेड) डिस्प्ले रहेको जनाइएको छ।

त्यसैगरी सेकेण्डरी प्यानलमा ३.२६ इन्चको एएमओएलईडी एक्सटर्नल डिस्प्ले रहेको छ। हुड अन्तर्गत, स्मार्टफोनमा मिडियाटेक डाइमेन्सिटी ९२०० एसओसीसंग सुसज्जित हुनुका साथै १६ जीबीसम्मको र्याम र ५१२ जीबी इन्टर्नल स्टोरेज कनेक्टेड रहेको उल्लेख छ। साथै डिभाइसमा ४,३०० मिलिअम्पियर–आवर ब्याट्री प्याक समावेश गरिएको र यस ब्याट्रीले ४४ वाट फास्ट चार्जिङलाई समर्थन गर्ने जनाइएको छ।

अन्य उल्लेखनीय फिचर्सहरूमा साइड माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर, स्टेरियो स्पिकर्स, एनएफसीका साथै थप अन्य पनि समावेश गरिएको उल्लेख छ।

Sajilo Visa

प्रकाशित: १२ आश्विन २०८०, शुक्रबार