अब च्याटजीपीटीबाट वर्तमान जानकारीमा पहुँच गर्न सकिने

Technology Khabar ११ आश्विन २०८०, बिहीबार

अब च्याटजीपीटीबाट वर्तमान जानकारीमा पहुँच गर्न सकिने

काठमाडौं ।

अब वर्तमान जानकारी प्राप्त गर्न च्याटजीपीटीको प्रयोग गर्न सकिने भएको छ। च्याटबटले अब प्रयोगकर्ताहरूलाई वर्तमान जानकारी प्रदान गर्ने च्याटजीपीटीको माइक्रोसफ्ट समर्थित निर्माता ओपनएआईले पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ।

आर्टिफिसियल इन्टेलिजेन्सद्वारा संचालित प्रणालीलाई यसअघि सेप्टेम्बर २०२१ सम्मको डाटा प्रयोग गरेर मात्र तालिम दिइएको थियो।

यस कदम मार्फत केही प्रिमियम प्रयोगकर्ताहरूले च्याटबटलाई समसामयिक विषयमा प्रश्नहरु सोध्न सक्षम हुनेछन् र समाचारको पहुँच प्राप्त गर्नेछ।

ओपनएआईले यो सुविधा चाँडै सबै प्रयोगकर्ताका लागि खुल्ला हुने बताएको छ।

हप्ताको सुरुमा, ओपनएआईले च्याटबोटले चाँडै प्रयोगकर्ताहरूसँग भ्वाइस कुराकानी गर्न सक्षम हुने खुलासा गरेको थियो।

च्याटजीपीटी र अन्य समान सिस्टमहरुले प्रयोगकर्ताका प्रश्नहरूमा मानव–जस्तै विश्वसनिय प्रतिक्रियाहरू सिर्जना गर्न ठूलो मात्रामा डाटा प्रयोग गर्छन्।

यस्ता मिडिया मार्फत मानिसहरूले अनलाइन जानकारी खोज्ने तरिका नाटकीय रूपमा परिवर्तन हुने अपेक्षा गरिएको छ।

तर अहिलेसम्म च्याटबोटको “ज्ञान“ निश्चित समयको सूचनाका आधारमा मात्र सिमित छ। यसको डाटाबेस सेप्टेम्बर २०२१ इन्टरनेट कन्टेन्टबाट तयार गरिएको छ। हालको जानकारीका लागि यसको उपयोगिता छैन।

हालका घटनाको बारेमा जानकारी प्रदान गर्न नसक्दा च्याटजीपीटीका केही सम्भावित प्रयोगकर्ताहरुमा निराश छन्।

Global Bank
easy care

प्रकाशित: ११ आश्विन २०८०, बिहीबार