Technology Khabar ९ आश्विन २०८०, मंगलवार
काठमाडौं ।
पृथ्वी नजिकैको एस्टेरोइड (क्षुद्रग्रह)बाट चट्टान र धुलो संकलन गर्ने नासाको स्पेक्ट्रल इन्टरप्रिटेसन, रिसोर्स आइडेन्टिफिकेसन, सेक्यूरिटी–रेगोलिथ एक्सप्लोरर (ओएसआईआरआईएस-आरईएक्स) सात वर्षको मिशन पूरा भएको छ। अन्तिम नमूनाहरू भएको क्याप्सुल २४ सेप्टेम्बरमा रक्षा विभागको यूटा परीक्षण र प्रशिक्षण रेञ्जमा अवतरण भएको छ।
डिभाइसले बेन्नु नामको कार्बन रिज एस्टेरोयडबाट करिब २५० ग्राम मटेरियल संकलन गरेको छ। नासाले यसलाई हाम्रो सौर्यमण्डलका केही पुरानो चट्टानहरू मध्येको एक बताएको छ।
नमूनाले वैज्ञानिकहरूलाई ४.५ अर्ब वर्ष पहिले ग्रहको संरचना कस्तो देखिन्थ्यो भन्ने बिल्डिंग ब्लकहरूको बारेमा थप जानकारी दिनेछ।
एस्टेरोइडहरूलाई प्राकृतिक ‘टाइम क्याप्सुलहरू’ मानिन्छ। समयको साथमा तिनीहरू थोरै परिवर्तन हुन्छन् र तिनीहरूले अनुसन्धानकर्ताहरूलाई हाम्रो प्रारम्भिक सौर्यमण्डलको रासायनिक संरचनामा एक झलक प्रदान गर्न सक्छन् । बेन्नुले जीवनमा पाइने जैविक अणुहरू बोकेका छन् वा छैनन् भनी निर्धारण गर्न सक्छन्।
अहिले यी नमूनाहरू नासाका वैज्ञानिकहरूको हातमा पुगेका छन्। अनुसन्धानकर्ताहरूले आगामी दुई वर्षमा संकलनलाई सूचीबद्ध गर्ने र गहन विश्लेषण गर्ने एजेन्सीले बताएको इनग्याजेडले रिपोर्टमा उल्लेख गरेको छ।
नासाको मिसन सेप्टेम्बर २०१६ मा फ्लोरिडाको केप क्यानाभेरलबाट प्रक्षेपण गरी सुरु भएको थियो। १५ महिना पछि डिसेम्बर २०१८ मा बेन्नु एस्टेरोयडमा पुग्नु अघि यसले पृथ्वीको आफ्नो उडान प्रदर्शन गर्न एक वर्ष भन्दा बढी समय लिएको थियो।
२० अक्टोबर २०२२ मा अन्वेषकले सफलतापूर्वक बेन्नुबाट नमूनाहरू संकलन गरे र १० मे २०२१ मा पृथ्वीमा फर्कने आफ्नो यात्रा सुरु भएको थियो। ओएसआईआरआईएस–आरईएक्सले पृथ्वीमा फर्कनु अघि ३.९ बिलियन माइल यात्रा गरेको थियो।
नासाको ओएसआईआरआईएस–आरईएक्स कुनै अन्तरिक्ष एजेन्सीले पृथ्वीमा एस्टेरोयडको नमूना ल्याउने पहिलो प्रयास होइन। यो मिसनको उपलब्धि भनेको सबैभन्दा ठूलो नमूना आकार पृथ्वीमा ल्याउनु हो। बेन्नु नमूनाले एस्टेरोइडको सतहबाट करिब आधा पाउण्ड चट्टानी मेटेरियल हुने अनुमान गरिएको छ।
यस्तै प्रकारमा, जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जेएएक्सए) को हायाबुसा मिसनले इटोकावा नामक एस्टेरोइडबाट स्पेकहरू प्रदान गरेको र दोस्रो मिशन २०२१मा अर्को एस्टेरोयड रियुगुबाट करिब ५ ग्राम ल्याइएको थियो। उक्त समयमा जापानी एजेन्सीले नासासँग आफ्नो नमुनाको १० प्रतिशत साझेदारी गरेको छ। अहिले नासाले पनि सानो परिमाणमा जापानी एजेन्सीसँग आफ्नो नमुना उपलब्ध गराउने विश्वास लिइएको छ।
नमूना पृथ्वीमा झारिए पनि नासाको स्पेसकार्फ अन्तरिक्षमै रहेको छ। यसलाई अब पृथ्वी नजिकै रहेको अर्को एस्टेरोयड अपोफिसको मिसनका लागि पठाइनेछ। यो करिब ३७० मिरट व्यासको छ र २०२९ मा पृथ्वीबाट २० हजार माइल दूरीको क्षेत्रमा आउने नासाले जनाएको छ।
नयाँ परियोजना, ओएसआईआरआईएस–अपोफिस एक्सप्लोररले एस्टेरोयडमा भएका परिवर्तनहरू अध्ययन गर्नेछ। यस एस्टेरोयडलाई विज्ञहरूले २००४ मा पृथ्वीमा ठोक्ने सम्भावना २.७ प्रतिशत रहेको बताएका थिए।
प्रकाशित: ९ आश्विन २०८०, मंगलवार