Technology Khabar ९ आश्विन २०८०, मंगलवार
काठमाडौं ।
टिभी ब्राण्ड टिसिएलले यो दशैं, तिहार तथा छठलाई लक्षित गरेर “सेलेब्रेट ग्रेटनेस (Celebrate Greatness)” योजना सार्वजनिक गरेको छ।
यस योजना अन्तर्गत ग्राहकहरुले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। ग्राहकहरुले यो योजनाको लाभ भाद्र २६ गतेदेखि नेपालभरी सीमित अवधिका लागि उठाउन सक्नेछन्।
ग्राहकहरुले “Celebrate Greatness” योजना अन्तर्गत टिसीएलको कुनै पनि टेलिभिजनको खरिदमा रु. ४४,७०० सम्मको आकर्षक छुट पाउन सक्नेछन। त्यस्तै वाशिङ मेसिन खरिदमा रु. १४,४०० सम्मको छुटका साथै ६ केजीको एरियल मेटिक पाउडर उपहार पनि पाउन सक्नेछन ।
यसका साथै ग्राहकहरुले टिसिएलको सम्पूर्ण क्याटागोरीको एयर कन्डिसनरको खरिदमा रु. ५६,८०० सम्मको आकर्षक क्यासब्याक प्राप्त गर्नुका साथै रु ४,००० बराबरको निःशुल्क एसि जडान सुबिधा पनि पाउन सक्नेछन। र ग्राहकहरुले टिसिएलको साइड बाइ साइड रेफ्रिजरेटरको खरिदमा रु. ३१,८०० सम्मको आकर्षक क्यासब्याक पाउनुका साथै सिजि इन्डक्सन चुलो सित्तैमा प्राप्त गर्ने सक्नेछन।
साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन सुबिधा पनि प्रदान गरेको छ।
त्यसै गरि शुन्य प्रतिशतमा फाइनान्स सुबिधा, पुराना भएका सामान फेरबदल गरि नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुबिधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले “सिजि लोयल्टी क्लब”को रिवार्ड प्रोग्राम अन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुर स्थित होटल विभान्तामा २५% सम्म छुट पाउनु सक्ने कम्पनीले जनाएको छ।
प्रकाशित: ९ आश्विन २०८०, मंगलवार