आईफोन १५ प्रो म्याक्समा गम्भीर ओभरहिटिङ्ग समस्याहरू उत्पन्न

Technology Khabar ९ आश्विन २०८०, मंगलवार

आईफोन १५ प्रो म्याक्समा गम्भीर ओभरहिटिङ्ग समस्याहरू उत्पन्न

काठमाडौं ।

एप्पलले हालै लन्च गरेको आईफोन १५ प्रो मा ओभरहेटिङ्गका समस्याहरू उत्पन्न भएको छ। नयाँ रिपोर्टहरूले बताएअनुसार टीएसएमसीद्वारा निर्मित फोनको ए१७ प्रो चिप नियमित प्रयोगमा पनि अधिक तात्ने खतरा भएको छ।

ए१७ प्रो एप्पलको साथसाथै संसारको नै पहिलो ३ एनएम चिप हो। यसले बढ्दो पर्फमेन्समा योगदान पुर्याएतापनि चिपलाई अधिक तताउने कारण पनि भएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

टिपस्टर रेभेगनसले गत मार्च महिनामा ट्वीट गर्दै टीएसएमसी ३ एनएम प्रोसेस (प्रक्रिया) मा संघर्ष गरिरहेको र नतिजा स्व रूपमा एप्पलले ए१७ प्रो चिपको लागी आफ्नो मापदण्ड कम गरेको हुन सक्ने उल्लेख गरेका थिए।

हालै मात्र रेभेगनसले आईफोन १५ प्रो को एक हिट म्याप पनि साझा गरेका थिए भने उक्त हिटम्यापले ए१७ प्रो चिपसेट आश्चर्यजनक रूपमा सबैभन्दा तातो भएको र यसको वरपरको क्षेत्र ४८ डिग्री सेल्सियस वा ११८.४ डिग्री फरेनहाइट सम्मको तापमानमा पुगेको उल्लेख छ।

त्यसैगरी बेन्चमार्क परिणामहरू प्राप्त गर्नको लागि भनेर एप्पलले ए१७ प्रो चिपको वेटेज बढाएको तर यस पावर खपतमा भएको वृद्धिले कम ब्याट्री लाइफ निम्त्याउन सक्ने र फोन छिटो तात्न पनि सक्ने युट्युबर वादिम युरिएवले बताएका छन्।

आईफोन १५ प्रो चाँडै तातो हुने भएकोले यसले आन्तरिक कम्पोनेन्टहरूमा हुने क्षतिलाई रोक्ने फोनको कार्यसम्पादनलाई थ्रोटल गर्दछ। साथै, फोन ११८.४ डिग्री फरेनहाइट जति तातो भएको खण्डमा यो फर्स्ट–डिग्री बर्निङ्गको लागि पर्याप्त हुने जनाइएको छ। साथै आईफोन १५ प्रो मा कूलिंग सलुसन नभएको हुँदा यो विशेष गरी चिन्ताको विषय भएको उल्लेख गरिएको छ।

समीक्षक टेकट्याब्लेट्सले पनि आईफोन १५ प्रो म्याक्स को ए१७ प्रो थ्रोटललिंङ खराब रहेको पुष्टि गरेको छ। उनकाअनुसार मात्र २ मिनेटमा नै लगभग २५ प्रतिशत पर्फमेन्स गुमाउने र २० मिनेटको जीपीयू लोड पश्चात पर्फर्मेन्स लगभग ३४ प्रतिशतमा झरेको उल्लेख छ। यद्यपि, उनले नोट गरेअनुसार बेन्चमार्क स्कोरहरू मोबाइल चिपसेटको लागि प्रभावशालीछ।

छोटकरीमा, आईफोन १५ प्रो सिरिज एक शक्तिशाली फोन जस्तो देखिएको तर यो अधिक तात्ने र थ्रोटलिंङ समस्याका साथ आउँछ।

यसले आगामी दिनमा आईफोन १५ प्रो सिरिजको बिक्रीमा समेत असर पार्नसक्ने आशंका गरिएको छ।

Global Bank
easy care

प्रकाशित: ९ आश्विन २०८०, मंगलवार

ताजा समाचार