लन्च अघि शाओमी वाच २ प्रोको पूर्ण स्पेसिफिकेशन लीक

Technology Khabar ९ आश्विन २०८०, मंगलवार

लन्च अघि शाओमी वाच २ प्रोको पूर्ण स्पेसिफिकेशन लीक
Global IME Bank

काठमाडौं ।

शाओमी सेप्टेम्बर २६ मा शाओमी १३टी सिरिजका स्मार्टफोनहरू विश्वव्यापी बजारका लागि लन्च गर्नका लागि तयार भएको छ। साथै ब्रान्डले १३टी सिरिजसँगै वाच २ प्रो स्मार्टवाच पनि घोषणा गर्ने पुष्टि गरेको छ।

यसै क्रममा आर्सेन लुपिनको एक नयाँ लीकले वाच२ प्रो को सम्पूर्ण स्पेसिफिकेशनहरू बारेमा खुलाएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

शाओमी वाच २ प्रो को स्पेसिफिकेशन

नयाँ लीककाअनुसार यस शाओमी वाच २ प्रो को स्पेसिफिकेशनहरूमा १.४३ इन्चको सर्कुलर सेप (गोलाकार आकार) को एएमओएलईडी डिस्प्ले समावेश रहने छ। साथै स्क्रिन रिजोल्युसन पनि ४६६x४६६ पिक्सेल हुनेछ भने डिभाइसको डायमीटर (व्यास) ४६ मिमी हुने उल्लेख छ।

यस वाच २ प्रो मा स्न्यापड्रागन डब्लु५प्लस जेन १ चिपसेट समावेश गरिनेछ भने ४९५एमएएच (मिलिएम्पीयर–आवर) ब्याट्री प्याक रहने जनाइएको छ।

यो स्मार्टवाच एमआईयूआई वाच–बेस्ड वेयर ओएससँग प्रिलोडेड भएर आउने भएकोले यसले प्ले स्टोर, गुगल म्याप्स, गुगल वालेट र एनएफसी मार्फत कन्ट्याक्टलेस भुक्तानी जस्ता फिचरहरूमा पहुँच दिने जनाइएको छ। डिभाइसमा २ जीबीको र्याम र ३२ जीबीको एक्सटर्नल स्टोरेज (आन्तरिक भण्डारण) पनि रहने उल्लेख गरिएको छ।

वाच २ प्रो ले भ्वाइस कलिङ, मेसेज (सन्देश) का साथै एजेन्डा म्यानेजमेन्ट (व्यवस्थापन), स्पोर्टस् ट्र्याकिङ, बडि कम्पोजीसन एनालाइसिस्, ब्लड अक्सिजन स्याचुरेसन र हार्ट रेट मनिटरिङ, स्लिप एण्ड स्ट्रेस ट्र्याकिङ, क्यामरा कन्ट्रोल, वेदर अपडेट, भ्वाइस रेकर्डिङ्ग, कम्पास र एयर प्रेसर मेजरमेन्टस् (हावाको चाप मापन) जस्ता मुख्य फिचर्सहरूलाई समर्थन गर्नेछ। त्यस्का साथै यस वाच २ प्रो ले ५ एटीएम वाई–फाई को वाटर रेजीस्टेन्स रेटिङ्ग, ब्लुटुथ, जीपीएस, स्टेनलेस–स्टील बिल्ड (निर्माण) र लेदर स्ट्र्याप स्ट्र्याप जस्ता अन्य सुविधाहरू थप रूपमा प्रदान गर्ने जनाइएको छ।

त्यसैगरी वाच २ प्रो मा एलटीई कनेक्टिभिटीलाई समर्थन, गोरिल्ला ग्लास प्रोटेक्सन, रबर स्ट्र्याप र ७२ घण्टा सम्मको ब्याट्री लाइफ रहने भनी केही रिपोर्टहरूले दाबी गरेका छन्। साथै यस वाच २ प्रो को वाई–फाई संस्करणको मूल्य २६९ यूरो हुनेछ भने यसको एलटीई भेरियन्टको लागत ३२९ यूरो हुने उल्लेख गरिएको छ।

Sajilo Visa

प्रकाशित: ९ आश्विन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार