एप्पल प्रयोगकर्ताहरूका लागि भारतद्वारा सेक्युरिटी एडभाइजरी जारी

Technology Khabar ९ आश्विन २०८०, मंगलवार

एप्पल प्रयोगकर्ताहरूका लागि भारतद्वारा सेक्युरिटी एडभाइजरी जारी

काठमाडौं ।

भारत सरकारले एप्पल प्रयोगकर्ताहरूका लागि सम्भावित खतराहरूको चेतावनी अर्थात ‘सेक्युरिटी एडभाइजरी’ जारी गरेको छ। भारतको सीइआरटी-इनले आईफोन र एप्पल वाच जस्ता धेरै एप्पल उत्पादनहरूमा पाइने गम्भीर कमजोरीहरूको बारेमा उच्च चेतावनी जारी गरेको हो।

यी कमजोरीहरूले सम्भावित रूपमा ह्याकरहरूलाई अर्बीट्ररी कोड कार्यान्वयन गर्न, एस्केलेटेड प्रिभिलेज प्राप्त गर्न वा प्रभावित डिभाइसहरूमा सुरक्षा उपायहरू बाइपास गर्न अनुमति दिन सक्ने उल्लेख छ।

कमजोरीहरूले एप्पल उत्पादनहरूमा सुरक्षा, कर्नेल, र वेबकिट जस्ता प्रमुख कम्पोनेन्टहरू भित्रि सर्टिफिकेट भ्यालिडेसनमा समस्याहरू आउने बताइएको छ।

विशेष गरी, त्रुटिहरूले सफारी ब्राउजर र वेबकिट प्रयोग गर्ने अन्य ब्राउजरहरूलाई असर गर्छ। यी कमजोरीहरूले आक्रमणकारीहरूलाई सुरक्षा प्रोटोकलहरू बाइपास गर्न, उन्नत पहुँच अधिकारहरू प्राप्त गर्न, र लक्षित प्रणालीहरूमा अर्बीट्ररी कोड कार्यान्वयन गर्न सक्षम बनाउने उल्लेख छ।

वेबकीट कमजोरीले आक्रमणकारीहरूलाई एप्पल उपकरणहरू नियन्त्रण गर्न, सम्भावित रूपमा व्यक्तिगत डाटा, फाइलहरू पहुँच गर्न र मालवेयर स्थापना गर्न सक्षम पार्न सक्ने भएकाले महत्त्वपूर्ण जोखिम खडा गर्ने बताइएको छ। यो प्रयोगकर्ताहरूलाई मेलिसीयस वेबसाइटहरूमा प्रलोभन गरिँदा वा हार्मफुल एटेचमेन्टहरू खोल्दा खतरा उत्पन्न हुने उल्लेख छ ।

सुरक्षा चिन्ताहरू म्याक ओएस मोनीटरी , म्याक ओएस भेन्टुरा, वाच ओएस, आइओएस, आई प्याड ओएस ,र सफारी सहित विभिन्न एप्पल सफ्टवेयर संस्करणहरूमा विस्तार हुने बताइएको छ।

यी कमजोरीहरूसँग सम्बन्धित जोखिमहरू कम गर्न, प्रयोगकर्ताहरूलाई उनीहरूको एप्पल उपकरणहरू नवीनतम उपलब्ध संस्करणहरूमा तुरुन्तै अप्डेट गर्न भारतको राष्ट्रिय प्राधिकरणले कडा सल्लाह दिएको छ।

एप्पलले यी कमजोरीहरूलाई सम्बोधन गर्न अपडेटहरू जारी गरिसकेको छ।

Global Bank
easy care

प्रकाशित: ९ आश्विन २०८०, मंगलवार

ताजा समाचार