Technology Khabar ८ आश्विन २०८०, सोमबार
काठमाडौं ।
नेपालमा माइडिया ब्राण्डका घरायसी सामाग्रीाहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले यस पालीको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।
माइडिया ब्रान्डले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै “माइडियाको उत्सव र उमङ्ग, उपहारसँग सबै दङ्ग” भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत माइडियाको ६, ७ र ८ केजी १०० सिरिजका वासिङ्ग मेसिनको खरिदमा ६ केजी एरिअल प्याक, ८ केजी भन्दामाथिका २०० सिरिजका वासिङ्ग मेसिन को खरिद मा माइडियाको इन्डकसन कुकटप (१६०० वाट), डबल डोर रेफ्रीजिरेटरको खरिदमा आइरन, साइड बाइ साइड तथा मल्टी डोर रेफ्रीजिरेटरको खरिदमा माइडियाको इन्डकसन कुकटप (२००० वाट) साथै माइक्रोवेभ ओभनको खरिदमा कुकिङ्ग किट उपहार रहेको छ।
यो ग्राहक योजना भाद्र २८ देखि नेपालभरि सीमित अवधिको लागि लागू गरिएको जनाएको छ।
नेपालमा सन् २०२१ देखि चौधरी ग्रुपले माइडिया ब्रान्डका उत्पादनहरू आफ्नो च्यानल र आउटलेटहरूमार्फत देशभर वितरण गर्दै आएको छ।
प्रकाशित: ८ आश्विन २०८०, सोमबार