Technology Khabar ३ आश्विन २०८०, बुधबार
काठमाडौं ।
टिकटकमा पोर्क (सुँगुरको मासु) खाएको भिडियो अपलोड गर्ने इन्डोनेसियन महिलालाई २ वर्षको जेल सजाय सुनाइएको छ।
इन्डोनेसियाको अदालतले टिकटकमा सुँगुरको मासु खानुअघि इस्लामिक वाक्यांश भनेको भाइरल भिडियो पोस्ट गरेको आरोपमा एक महिलालाई दुई वर्षको जेल सजाय सुनाएको हो।
३३ वर्षीया लिना लुत्फियावतीलाई धार्मिक व्यक्ति र समूहविरुद्ध ‘घृणा फैलाउने’ गरेको अभियोगमा दोषी ठहर गरिएको बीबीसीले उल्लेख गरेको छ।
साथै उनी माथि १६ हजार २४५ अमेरिकी डलर जरिवाना लगाइएको छ। यदि उनले उक्त जरिवाना रकम तिर्न नसके जेल सजया तीन महिना लम्बिन सक्छ।
यो मुस्लिम बाहुल्य इन्डोनेसियामा विवादास्पद भगवानको उपहास कानूनहरू समावेश भएको शृंखलाको पछिल्लो घटना हो।
बलिउड फिल्मप्रतिको प्रेमका कारण भारतीय नाम लिना मुखर्जी धारण गरेकी लीना लुत्फियावती मुस्लिम हुन्। इस्लाममा सुँगुरको मासु खान सख्त रूपमा वर्जित गरिएको छ।
२ मिलियन भन्दा बढी टिकटक फलोअर्स भएकी लाइफस्ट्याइल इन्फुलेन्सलले भारतमा पनि व्यापार गर्छिन्।
उनले मार्चमा पोस्ट गरेको भिडियोमा सुँगुरको मासु खानु अघि ‘बिस्मिल्लाह’ उच्चारण गरेकी थिइन् – एक अरबी वाक्यांश जसको अर्थ ‘भगवानको नाममा’ हुन्छ।
त्यतिबेला, उनी बालीको यात्रामा थिइन्। यो इन्डोनेसियाको एक पर्यटकीय स्थल, जहाँ देशका अन्य भागहरू भन्दा फरक, बहुसंख्यक हिन्दू जनसंख्या छ। लुत्फियावतीले जिज्ञासाका कारण सुँगुरको मासु खाएको बताएकी छिन्।
भिडियोले लाखौं भ्यूहरू पाएको थियो र यसको व्यापक रूपमा आलोचना भएको थियो। इन्डोनेसियालीहरुले उनलाई ‘मुस्लिमको रूपमा जानीजानी सुँगुरको मासु खाएको’ भन्दै पुलिसमा रिपोर्ट गरेका थिए।
प्रकाशित: ३ आश्विन २०८०, बुधबार