यौन उत्पीडनको आरोप लागेका कलाकार रसेल ब्रान्डको यूट्यूब विज्ञापनबाट हुने आम्दानी रोक्का

Technology Khabar ३ आश्विन २०८०, बुधबार

यौन उत्पीडनको आरोप लागेका कलाकार रसेल ब्रान्डको यूट्यूब विज्ञापनबाट हुने आम्दानी रोक्का

काठमाडौं ।

यौन उत्पीडनको आरोप लागेका कलाकार तथा कमेडियन रसेल ब्रान्डको विज्ञापनबाट हुने आम्दानी रोक्का गरेको यूट्यूबले बताएको छ।

कुनै समयको बेलायतको प्रसिद्ध कमेडियन र बोडकास्टरले शनिबार आफूले सहमति बिना यौन सम्पर्क नगरेको बताएको रोयटर्सले उल्लेख गरेको छ।

सन्डे टाइम्स न्यूजपेपर र च्यानल फोर टीभीको डकुमेन्ट्री ‘डिस्प्याचेस’ मा चार महिलाले ४८ वर्षिय कलाकार माथि सन् २००६ र २०१३ को बीचमा बलात्कार सहित यौन दुर्व्यवहारको आरोप लगाएको रिपोर्ट आएको थियो।
लन्डन पुलिसले उनी माथि सन् २००३ देखि यौन उत्पिडनको आरोप प्राप्त गरिरहेको सोमबार बताएको छ।

अमेरिकी गायिका केटी पेरीको पूर्व पति ब्रान्डको यूट्यूबमा ६० लाख भन्दा बढी फलोअर्सका साथ आफूलाई पुनर्स्थापित गरेका छन्।

भर्खरका भिडियोहरूमा फक्स न्यूजका पूर्व होस्ट टकर कार्लसनसँगको अन्तर्वार्ता र कोभिड देखि यूएफओ, सेन्सरशिप र कल्याणका सबै विषयको चर्चामा समावेश थिए।

गुगल अभिभावक अल्फाबेट इंकको स्वामित्वमा रहेको यूट्यूबले ब्रान्डको च्यानलमा आफ्नो सिर्जनाकर्ता जिम्मेवारी नीति उल्लंघन गरेपछि मनिटाइजेसन (मुद्रीकरण) निलम्बन गरेको बताएको छ।

‘यदि कुनै निर्माताको अफ-प्लेटफर्म व्यवहारले हाम्रा प्रयोगकर्ताहरू, कर्मचारीहरू वा इकोसिस्टमलाई हानि पुर्याउँछ भने, हामी समुदायलाई जोगाउन कदम चाल्छौं,’ यूट्यूबका प्रवक्ताले भने।

ब्रान्डले शनिबार सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गरेका थिए। उनी माथिको आरोप प्रकाशित हुनु अघि ‘धेरै गम्भीर आपराधिक आरोपहरू’ लाई अस्वीकार गरेका थिए।

Global Bank
easy care

प्रकाशित: ३ आश्विन २०८०, बुधबार