एप्पलले सफ्टवेयर अपडेटका साथ आईफोन रेडीएसन लेबल समाधान गर्ने

Technology Khabar ३ आश्विन २०८०, बुधबार

एप्पलले सफ्टवेयर अपडेटका साथ आईफोन रेडीएसन लेबल समाधान गर्ने

काठमाडौं ।

एप्पलले सफ्टवेयर अपडेटका साथ आईफोन रेडीएसन लेबल समाधान गर्ने भएकाे छ।

स्मार्टफोनबाट निस्कने विकिरण खतरनाक छ त भन्ने विषय फ्रान्समा सबैभन्दा धेरै सोधिने प्रश्नहरु मध्ये एक रहेको छ। फ्रान्सेली सरकारको रेडिएसन वाचडग, एएनएफआरले हालै एप्पलको आईफोन १२ मोडलमा विकिरणको स्तर ‘खतरनाक’ स्तरमा रहेको र तिनीहरूको बिक्रीमा प्रतिबन्ध लगाएको उल्लेख छ।

एएनएफआरले फोनहरूले अत्यधिक मात्रामा रेडियो तरंगहरू उत्सर्जन गर्ने, जसले प्रयोगकर्ताहरूलाई स्वास्थ्य जोखिममा पार्न सक्ने बताइएको छ।

यो घटनापछि एप्पलले प्रतिबन्ध हटाउन कानुनी लडाइँमा भाग लिने अपेक्षा गरिएको थियो। यद्दपी यसको सट्टा, कम्पनीले एक कदम पछि फर्किँदै सफ्टवेयर अपडेटको साथ आईफोन १२ र आईफोन १२ प्रोका विकिरण स्तरहरू ठीक गर्ने वाचा गरेको छ।

फ्रान्सको निर्णय पछि, कम्पनीले नयाँ सफ्टवेयर अपडेटको साथ २०२०मा सार्वजनिक भएका आईफोनको विकिरण स्तर ठिक गर्ने बताएको हो।

यद्दपी एप्पलले आईफोन १२ ले विकिरणका कारण जनस्वास्थ्य जोखिममा नपरेको पनि बताएको छ। यो मुद्दा फ्रान्सेली नियामकहरूले प्रयोग गरेको विशिष्ट परीक्षण प्रोटोकलसँग सम्बन्धित छ। कम्पनीले सफ्टवेयर अपडेट कहिले उपलब्ध हुनेछ भनेर निर्दिष्ट गरेको छैन, तर केही दिनमा हुने बताइएकाे छ।

अपडेट उपलब्ध भएपछि, प्रयोगकर्ताहरूले यसलाई आफ्नो आईफोनमा सेटिङ्स एपमार्फत डाउनलोड गर्न सक्ने छन्।

उता बिक्री प्रतिबन्ध हटाउन, फ्रान्सेली नियामक एजेन्सी एएनएफआरले नयाँ परीक्षणहरू सञ्चालन गर्नुपर्नेछ।

आईफोन १२ फ्रान्समा विकिरण स्तरको चिन्ताको कारण प्रतिबन्धित पहिलो एप्पल डिभाइस भने होइन। सन् २०१९ मा, एएनएफआरले विकिरण स्तरहरू नाघेपछि आईफोन ८ र आईफोन एक्सआरको बिक्रीमा प्रतिबन्ध लगाएको थियाे। त्यसबेला पनि एप्पलले पछि सफ्टवेयर अपडेट जारी गर्दै समस्या समाधान गरेको थियो।

Sajilo Visa

प्रकाशित: ३ आश्विन २०८०, बुधबार

तपाइको प्रतिक्रिया