बीएसस्सी सीएसआईटीमा योग्यता नपुगेका शिक्षकद्वारा अध्यापन गराएको भन्दै कारबाहीको चेतावनी

Technology Khabar २ आश्विन २०८०, मंगलवार

बीएसस्सी सीएसआईटीमा योग्यता नपुगेका शिक्षकद्वारा अध्यापन गराएको भन्दै कारबाहीको चेतावनी

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय अन्गर्ततको बीएसस्सी सीएसआईटी कार्यक्रममा योग्यता नपुगेका शिक्षकद्वारा अध्यापन गराउने गरेको पाइएको छ।

बीएसस्सी सीएसआईटी कार्यक्रममा योग्यता नपुगेका शिक्षकद्वारा अध्ययापन गराउने गरेका सम्बन्धमा त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले चासो दिएको छ।

बीएसस्सी सीएसआईटी कार्यक्रमका लागि शिक्षक व्यवस्थापनका सम्बन्धमा व्यापक जनगूनासो आएको हुँदा कार्यालयको ध्यानाकर्षण भएको भन्दै असोज १ गते जारी गरिएको सूचना उल्लेख छ।

सबै क्याम्पसले त्रिवि सेवा आयोगले तोकेको मापदण्ड पूरा गरेका शिक्षकलाई मात्र नियुक्त गरी अध्यापन गराउन कार्यालयले निर्देशन दिएको छ। साथै सोको बेहोरा कार्यालयमा पठाउन पनि अनुरोध गरिएको छ।

यदि सेवा आयोगले तोकेको योग्यता नपुगेका शिक्षकहरुले अध्यापन गराइएको पाइएमा त्रिवि नियमानुसार कारबाही हुने चेतावनी दिइएको छ।

easy care

प्रकाशित: २ आश्विन २०८०, मंगलवार