Technology Khabar २ आश्विन २०८०, मंगलवार
काठमाडौं ।
हरेक वर्ष जस्तै यो वर्ष पनि सामसङ नेपालले आफ्ना विश्वासिला ग्राहकहरुको लागि एक उत्साहजनक ग्राहक प्रवद्र्धन योजना “सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै !” शुरु गर्ने भएको छ।
जब तपाईंले कुनै पनि सामसङ मोबाइल वा ट्याब्लेट खरिद गर्नुहुन्छ,, तब तपाईंले त्यो उपकरण मात्र होइन, हरेक दिन उपहार स्वरुप रु.२,३३,९००÷ मूल्य बराबरको टिभिएस एनटर्क १२५ सिसि जित्ने अवसर पनि पाउनु हुनेछ।
“सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै !”
शिर्षक ले भने जस्तै, यो वर्ष सामसङ नेपालले हरेक दिन उपहारमा एउटा टिभिएस एनटर्क १२५ सिसि प्रदान गर्नेछ, जस अनुसार जम्मा २५ दिनमा २५ जना विजेताहरुले उक्त उपहार प्राप्त गर्नु हुने पक्का छ । यस योजना अन्तर्गत सामसङ स्मार्टफोन र सामसङ ट्याब्लेट किन्नु हुने जो कोही ग्राहक यस योजनामा सहभागी बन्न सक्नु हुन्छ र शनिबार बाहेक हरेक दिन एक टिभिएस एनटर्क १२५ सिसिको भाग्यशाली विजेता बन्न सक्नु हुनेछ ।
शनिबार यो योजना नभएपनि शनिबारको दिन प्रवद्र्धन योजनामा सहभागी हुनु भएको ग्राहकहरुको नाम आइतबार गरिने लक्की ड्रमा सामेल गरिनेछ ।
योजना अवधिभरमा जम्मा २५ जना भाग्यशाली विजेताहरुको नाम सार्वजनिक गरिनेछ । यो योजना २०८० असोज ५ गते शुरु भई २०८० कार्तिक ३ गतेसम्म कायम रहनेछ । यद्यपि ग्राहकहरुले असोज २ गतेदेखि नै यस योजनामा सहभागी बन्न सक्नु हुनेछ । असोज २ देखि असोज ५ सम्म प्राप्त भएका ईन्ट्रीहरुलाई असोज ५ गते हुने लक्की ड्रमा एकसाथ समावेश गरिनेछ। लक्की ड्र सातामा २ पटक इमेज च्यानलको म्युजिक अफ योर च्वाइस कार्यक्रममा प्रस्तुत गरिने जनाएको छ।
प्रकाशित: २ आश्विन २०८०, मंगलवार