Technology Khabar २ आश्विन २०८०, मंगलवार
काठमाडौं ।
आईफोन १५ सिरिज गत शुक्रबार देशहरूको पहिलो लहरमा प्रि–अर्डरमा गएको छ र यसको माग सुधार हुँदै गएको अनुमान गरिएको छ।
प्रख्यात एप्पल विश्लेषक मिङ–ची कुओकाअनुसार गत वर्षको आईफोन १४ प्रो म्याक्सको प्रारम्भिक मागलाई पछाडि पार्दै आईफोन १५ प्रो म्याक्सले धेरैजसो उपभोक्ताको ध्यान तानेको उल्लेख छ।
एन्ट्री लेभल आईफोन १५ र १५ प्लसको माग भने गत वर्षको आईफोन १४ र १४ प्लसको बराबर रहेको छ। यद्यपी यस वर्ष आईफोन १५ प्रोको माग कम भएको कुओले जनाएका छन्। धेरै प्रयोगकर्ताहरूले ठूलो प्रो म्याक्स मोडलमा अपडेट गरिएको क्यामरा खोजिरहेकाले आईफोन १५ प्रोको मागमा कमी आएको कुओको भनाई छ।
उच्च मागको कारणले मात्र नभएर निरन्तर उत्पादन चुनौतीहरू र परिवर्तन गरिएको उत्पादन तालिकाको कारणले गर्दा आईफोन १५ प्रो म्याक्सको लागि पर्खने समय गत वर्षको १४ प्रो म्याक्सको तुलनामा “महत्त्वपूर्ण रूपमा” लामो भएको छ।
त्यसैगरी कुओले वर्षको अन्त्यसम्ममा आईफोन १५ सिरिजको ढुवानी कुल ८० मिलियन पुग्ने अपेक्षा गरेको छन्।
प्रकाशित: २ आश्विन २०८०, मंगलवार