Technology Khabar १ आश्विन २०८०, सोमबार
काठमाडौं ।
सिम डुप्लिकेसन गरी ठगी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं. ६ का २२ वर्षिय सरोज दिवाली रहेका छन्। उनलाई गोकर्णेश्वर नगारपालिका वडा नं. २ नयाँपाटी काठमाडौं उपत्यका अपराध अनुसान्धान कार्यालय मिनभवनले असोज १ गते पक्राउ गरेको हो।
दिवालीले पिडितले प्रयोग गर्ने मोबाइल नम्बर सेवा प्रदायकबाट सिमकार्ड आफ्नो नाममा नामसारी गरी सोही नम्बरबाट मोबाइल बैंकिङ एक्टिभ गरी पिडितको बैंक खातामा अनाधिकृत पहुँच पुर्याई रकम झिक्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।
दिवालीले डुप्लिकेसन गरेको सिमबाट पिडितले मोबाइल बैंकिङ मार्फत कारोबार गर्दै आइरहेका थिए।
दिवालीले विभिन्न बैंक खाता तथा वालेटहरुमा पटक पटक गरी ६ लाख २ हजार ५४८ रुपैयाँ ट्रान्सफर गरेका थिए। उनलाई प्रचलित कानुन बमोजिम ठगी सम्बन्धि कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रकहरी टेकु पठाइएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: १ आश्विन २०८०, सोमबार