Technology Khabar १ आश्विन २०८०, सोमबार
काठमाडौं ।
अनर ९० सिरिज चीनमा डेब्यू गरेसँगै क्रमिक रुपमा युरोप र भारतमा उपलब्ध भइरहेको छ। जीएसएमएरिनाका अनुसार कम्पनीले नयाँ अनर १०० प्रोमा काम गरिरहेको छ।
चिनियाँ टिपस्टर डिजिटल च्याट स्टेशनका अनुसार आगामी फ्ल्यागशिप नोभेम्बरमा स्न्यापड्रागन ८ जेन २ चिपसेटको साथ डेब्यू हुने अपेक्षा गरिएको छ।
डिभाइसले १२० हर्ज रिफ्रेस रेट र ३८४० हर्ज पीडब्ल्यूएम डिमिङका साथ १२२४ वाई २७०० पिक्सेल रिजोल्युसनको एएमओएलईडी डिस्प्ले फिचर गर्नेछ।
डिभाइसमा सेन्ट्रल पञ्च कटआउट हाउसिङ फ्रन्ट फेसिङ क्यामराले उच्च मेगापिक्सेल प्रदान गर्ने विश्वास गरिएको छ।
चीनमा मात्र उपलब्ध अनर ९० प्रोमा ५० मेगापिक्सेलको फ्रन्ट फेसिङ क्यामरा दिइएको थियो।
प्रकाशित: १ आश्विन २०८०, सोमबार