आईफोन १५ प्रो म्याक्सको डेलिभरी केही देशमा ढिलाई हुने, यस्तो छ कारण

Technology Khabar १ आश्विन २०८०, सोमबार

आईफोन १५ प्रो म्याक्सको डेलिभरी केही देशमा ढिलाई हुने, यस्तो छ कारण

काठमाडौं ।

यस हप्ता लन्च गरिएको आईफोन १५ श्रृंखलाले विश्वभरबाट उच्च माग प्राप्त गर्ने अपेक्षा गरिएको छ। यद्यपि अमेरिका, चीन र जापानलगायत केही देशहरूमा यस सिरिजको आईफोन १५ प्रो म्याक्सको डेलिभरीका लागि नोभेम्बरसम्म कुर्नुपर्ने हुनसक्छ। तर, यो स्मार्टफोनका लागि चीनमा चार हप्ताभन्दा बढी पर्खनु एप्पलका लागि कम समस्या हुनसक्छ।

कम्पनीले आफ्नो तेस्रो ठूलो बजारमा ह्वावेसँग कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ र चीनमा सरकारी कर्मचारीहरूलाई आईफोनको प्रयोगमा पनि प्रतिबन्ध लगाइएको छ। यदपी चीनले भने प्रतिबन्ध नलगाएको स्पष्ट पारेको छ।

एप्पलको वेबसाइटका अनुसार चीनमा आईफोन १५ प्रोका लागि दुईदेखि तीन हप्ता पर्खिनेुपर्नेछ। कम्पनीले सेप्टेम्बर २२ मा बिक्री सुरु हुने बित्तिकै आईफोन १५ उपलब्ध गराउन सक्ने बताएको छ।

एप्पलको सबैभन्दा ठूलो बजार अमेरिकामा आईफोन १५ प्रो म्याक्सका लागि ग्राहकले ६ देखि ७ हप्ता कुर्नुपर्नेछ। यो नयाँ आईफोन सिरिजको सबैभन्दा महँगो स्मार्टफोन हो।

जापानमा यसको डेलिभरी ६ हप्ता सम्म ढिलो हुनेछ। केही विश्लेषकहरूले बताएअनुसार आईफोन १५ प्रो म्याक्सको डेलिभरीमा केही हप्ताको ढिलाइले कम्पनीलाई यसमा प्रयोग भएको डिस्प्लेको आपूर्ति पाउन गाह्रो भइरहेको संकेत गरिरहेको छ। यो डिस्प्ले अघिल्लो आईफोन भन्दा पातलो रहेको छ।

तर, बजार इन्टेलिजेन्स फर्म आईडीसीकी अनुसन्धान निर्देशक नबिला पोपले यी समस्याहरु समाधान भइसकेको बताइन्।

नयाँ आईफोन सिरिजमा आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स समावेश छन्।आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्समा पनि आईफोन १५ र आईफोन १५ प्लस जस्तै यूएसबी टाइप सी चार्जिङ पोर्ट छ। नयाँ ए१७ बायोनिक चिपसेट आईफोन १५ को प्रो मोडलहरूमा प्रयोग गरिएको छ।

यसका साथै एप्पलले भारतमा उत्पादन बढाउने योजना बनाएको छ। कम्पनीले चीनमा रहेको आफ्नो उत्पादनको ठूलो हिस्सा भारतमा सार्ने तयारी गरेको छ।

easy care

प्रकाशित: १ आश्विन २०८०, सोमबार