मोबाइल बैकिङ प्रयोगकर्ता २ करोड १७ लाख पुगे

Technology Khabar १ आश्विन २०८०, सोमबार

मोबाइल बैकिङ प्रयोगकर्ता २ करोड १७ लाख पुगे

काठमाडौं ।

नेपालमा मोबाइल बैकिङ प्रयोगकर्ता करिब २ करोड १७ लाख पुगेका छन्। नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० साउनको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैकिङ प्रयोग गर्ने २ करोड १६ लाख ९१ हजार ४७४ जना पुगेका छन्।

गत असारमा मोबाइल बैकिङ प्रयोगकर्ता २ करोड १३ लाख ६३ हजार ९८९ जना थिए। एक महिनाको अवधिमा मोबाइल बैकिङ प्रयोगकर्ता ३ लाख २७ हजार ४८५ अर्थात १.५३ प्रतिशतले बढेको छ।

बढ्दो प्रयोगकर्तासँगै मोबाइल बैकिङ मार्फत हुने कारोबार रकम पनि बढ्दो क्रममा छ। साउनमा मोबाइल बैकिङ मार्फत २ खर्ब ४२ अर्ब ९१ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। असारमा यस्तो कारोबार २ खर्ब ३३ अर्ब ४४ करोड ६० लाख रुपैयाँ थियो।

यस्तै साउनमा मोबाइल बैकिङ मार्फत ३ करोड १२ लाख ८१ हजार ५४६ पटक भुक्तानी भएको छ। असारमा यस्तो संख्या २ करोड ८९ लाख ३ हजार ८७२ थियो।

मोबाइल बैंकिङबाट वालेटमा टपअप गर्न सकिनुका साथै क्यूआर मार्फत भुक्तानी गर्न सकिने भएकाले पनि यसको प्रयोग बढ्दो छ। साथै बैंकहरु पनि खाता खोल्न आउने ग्राहकहरुका लागि मोबाइल बैंकिङ प्रयोग गर्न प्रोत्साहन गर्दा पनि यसको प्रभावकारिता बढ्दो क्रममा देखिएको हो।

easy care

प्रकाशित: १ आश्विन २०८०, सोमबार