Technology Khabar १ आश्विन २०८०, सोमबार
काठमाडौं ।
भारतको दोस्रो ठूलो सफ्टवेयर सेवा निर्यातकर्ता इन्फोसिसले “ग्लोबल कम्पनी” सँग १५ वर्षको अवधिका लागि १.५ बिलियन डलरको सम्झौतामा हस्ताक्षर गरेको बताएको छ।
सम्झौताअन्तर्गत, इन्फोसिसले कम्पनीको प्लेटफर्म र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) समाधानहरूको लाभ उठाउँदै, परिष्कृत डिजिटल अनुभव र व्यापार सञ्चालन सेवाहरू प्रदान गर्ने बताएको छ।
तर इन्फोसिसले कम्पनीको नाम तोकेको छैन र यो विद्यमान ग्राहक हो वा होईन् भन्ने उल्लेख समेत गरेको छैन्।
महिनाको सुरुमा, अमेरिकी चिप निर्माता एनभिडियाले जेनेरेटिभ एप्लिकेसनहरू विकास गर्न भारतीय समूह रिलायन्स इन्डस्ट्रिज र टाटा समूहको टाटा कन्सल्टेन्सी सर्भिससँग एआई साझेदारीको घोषणा गरेको थियो।
जुलाईमा, इन्फोसिसले पाँच वर्षका लागि एआई र अटोमेसन सेवाहरू उपलब्ध गराउनको लागि अवस्थित ग्राहकसँग २ बिलियन डलरको सम्झौतामा हस्ताक्षर गरेको थियो।
प्रकाशित: १ आश्विन २०८०, सोमबार