राससमा एकीकृत समाचार सफ्टवेयरको प्रयोग

Technology Khabar १ आश्विन २०८०, सोमबार

राससमा एकीकृत समाचार सफ्टवेयरको प्रयोग

काठमाडौं ।

राष्ट्रिय समाचार समिति (रासस) को नयाँ एकीकृत समाचार सफ्टवेयर र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) बारे आज आन्तरिक छलफल भएको छ। रासस व्यवस्थापनद्वारा आज आयोजित कर्मचारी–बैठकमा उक्त विषयहरुबारे हालसम्मको प्रगतिबारे प्रस्ततीकरणसहित छलफल भयो ।

सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले एकीकृत सफ्टवेयर लागु भएपछि समाचार उत्पादन र सम्पादनमा अनुशासन पालना भई समाचारमा पूर्णता हुने विश्वास व्यक्त गरे।

राससका महाप्रबन्धक सिद्धराज राईले एकीकृत सफ्टवेयरलाई प्राप्त सुझावका आधारमा चाँडै कार्यान्वयनमा ल्याइने जनाउँदै काममा दायरा फराकिलो भएको स्थितिमा ओएन्डएम अनिवार्य भएको स्पष्ट गरे।

एकीकृत समाचार सफ्टवेयरका सम्बन्धमा प्रस्तुतीकरण गर्दै नायब महाप्रबन्धक सोमनाथ लामिछानेले समाचार सङ्कलन, नेपाली सम्पादन र अङ्ग्रेजी तथा अन्तर्राष्ट्रिय समाचार सम्पादन कक्षका लागि अलग अलग ड्यासबोर्ड सिर्जना गरी कार्यपद्धतिलाई प्राविधिकरूपमा सरलीकृत गरिएको जानकारी दिए। रासस

easy care

प्रकाशित: १ आश्विन २०८०, सोमबार