आइएमई पेले ल्यायो अल्टिमा अनलाईन मेलामा एकको डबल अफर

Technology Khabar १ आश्विन २०८०, सोमबार

आइएमई पेले ल्यायो अल्टिमा अनलाईन मेलामा एकको डबल अफर

काठमाडौं ।

नेपालको पहिलो डिजिटल वालेट “आइएमई पेले” असोज ३ र ४ गते सन्चालन हुने “अल्टिमा अनलाईन मेला” मा “एकको डबल” अफर सार्वजनिक गरेको छ। 

अल्टिमाले आफ्नो वेबसाइटको लन्चको अवसरलाई लक्षित गर्दै सन्चालन गर्ने“अल्टिमा अनलाईन मेला” मा बिहान ९ देखी ११ सम्म र साँझ ६ बजे देखी राती ८ बजे सम्म एउटा अल्टिमा एटम ५२० वा अल्टिमा एटम ३२० इयरबड्स खरिद गर्ने  ५०० जना सेवाग्राहीलाई अर्को एयरबड निशुल्क प्रदान गर्ने व्यबस्था गरेको छ।

साथै अन्य अल्टिमाका ग्याजेट्समा आइएमई पे मार्फत भुक्तानी गर्दा २५ प्रतिशत  छुट प्राप्त हुने जानकारी दिएको छ। 

अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाई सम्म लैजान तथा ग्राहक वर्गलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न यो अफर ल्याइएको आइएमई पेका सीइओ प्रविन रेग्मीले जानकारी दिएका छन्।

easy care

प्रकाशित: १ आश्विन २०८०, सोमबार