Technology Khabar १ आश्विन २०८०, सोमबार
काठमाडौं ।
दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले नेपालमा आफ्नो सेवा सुरु गरेको १८ वर्ष पुरा भएको छ। कम्पनीले १८औं वार्षिकोत्सवको अवसरमा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहि ‘हामी तपाईकै लागि’ थिमको घोषणा गरेको छ।
यस अभियान अन्तर्गत आइतबार कम्पनीका चिफ कर्मशियल अफिसर (सीसीओ) उमर मोसिन लगायत कर्मचारीहरुले एनसेल प्रयोगकर्ताको अनुभव र गुनासो सम्बोधन गर्न एनसेल सेन्टरहरू र पोइन्ट अफ सेल्सको भ्रमण गरेका छन्।
सीसीओ मोसिनको टोलीले कम्पनीको काठमाडौं न्यूरोड स्थित एनसेल सेन्टर र पोइन्ट अफ सेल्सको भ्रमण गरेको हो।
कलसेन्टर र पोइन्ट अफ सेल्समा उपस्थित उपभोक्तासँग मोसिनको टोलीले कम्पनीको सेवा सुविधा, गुनासो, समस्या लगायत विषयमा अन्तरक्रिया गर्नुका साथै कम्पनीको तर्फबाट मायाको चिनो समेत वितरण गरेको थियो।
मोसिनले कलसेन्टर र पोइन्ट अफ सेल्समा उपस्थित ग्राहकसँग जिग्यासा, अनुभव, सेवा सुविधा, गुणस्तर र समस्या लिएका थिए।
अधिकांश ग्राहकले एनसेलको सेवा सकारात्मक भएको प्रतिक्रिया दिएका थिए। भने पोइन्ट अफ सेल्सका प्रतिनिधिहरुले कम्पनीको एप समय साक्षेप अपडेट गर्नु पर्ने सुझाव दिएका थिए।
कम्पनीले मुलुकभर रहेको आफ्नो कलसेन्टर र पोइन्ट अफ सेल्समा पुगेर उपभोक्तासँग अन्र्तक्रिया गरेको छ।
सन् २००५ मा आजकै दिन अर्थात सेप्टेम्बर १७ बाट एनसेल (पहिले मेरो मोबाइल)ले आफ्नो सेवा सञ्चालनमा ल्याउँदै यात्रा सुरु गरेको थियो।
प्रकाशित: १ आश्विन २०८०, सोमबार