Technology Khabar ३१ भाद्र २०८०, आईतवार
काठमाडौं ।
गत हप्तादेखि सुरु भएको ‘नाडा अटो शो २०२३’ आईतबार सम्पन्न भएको छ। कोभिड १९ महामारी र सवारी साधनको आयात माथिको प्रतिबन्ध पछि तीन वर्ष पछि सवारी साधनको महाकुम्भ आयोजना भएको थियो।
यस ६ दिने ‘नाडा अटो शो २०२३’ मा कुल ७६,१०० मानिसहरुले विभिन्न विद्युतीय सवारी साधनहरुको स्टल अवलोकन गरेको नाडाका अध्यक्ष ध्रुव बहादुर थापाले जानकारी दिए।
यस पटकको नाडा अटो शोमा विद्युतीय सवारीहरुले राम्रो स्थानमा पाएका थिए। टाटा, हुन्डाई, निशान, ग्रेटवाल, बीवाईडी, नेटा, फोटन, वुलिङ, एमजी लगायत कम्पनीहरुले आफ्नो ईभी प्रदर्शनीमा राखेका छन्।
त्यसैगरी टीभीएस, निऊ, कोमाकी, सेगवे, एम्पीयर, इभोक, एनमोटो जस्ता विभिन्न ब्राण्डका ईलेक्ट्रिक बाइक/स्कुटरहरुको स्टलमा पनि मानिसहरुको भिड जम्मा भएको थियो।
आउनुहोस्! हेरौँ ‘नाडा अटो शो २०२३’ मा राखिएका ईलेक्ट्रिक स्कुटर/बाइकहरुको तस्विरहरु–
प्रकाशित: ३१ भाद्र २०८०, आईतवार