आईफोन १५ प्रो को ५जी मोडेम चिप अघिल्लो जेनेरेसन भन्दा २४ प्रतिशत तिब्र

Technology Khabar ३१ भाद्र २०८०, आईतवार

आईफोन १५ प्रो को ५जी मोडेम चिप अघिल्लो जेनेरेसन भन्दा २४ प्रतिशत तिब्र

काठमाडौं ।

आईफोन १५ प्रो को ५ जी मोडेम चिप अघिल्लो जेनेरेसन भन्दा २४ प्रतिशत तिब्र गतिको छ।

इन्टरनेट स्पिड मेजर्मेन्ट टुल “स्पीड स्मार्ट” को एक रिपोर्टमा आइफोन १५ प्रोको ५ जी मोडेम चिप आफ्नो पूर्ववर्ती तुलनामा प्रदर्शनमा जेनेरेसन वृद्धि प्रदान गर्ने देखिएको छ।

स्पीड स्मार्टद्वारा संचालित परीक्षणहरूले आईफोन १५ प्रो प्रमुख अमेरिकी क्यारियरहरू एटीएण्डटी , टी -मोबाइल  र भेरिजनमा फास्ट ५ जी  कम्यूनीकेसन स्पीड रहेकाे देखाएकाे उल्लेख छ।

रिपोर्टले आईफोन १५ ले भेरिजनको नेटवर्कमा डाउनलोड गतिमा सबैभन्दा महत्त्वपूर्ण सुधार देखेकाे तथा अघिल्लो पुस्ताको तुलनामा २४ प्रतिशत वृद्धि भएको पत्ता लगाएकाे उल्लेख छ। टी- मोबाइलमा, आईफोन १५ प्रोले २२ प्रतिशत सुधार देखाएकाे र सबैभन्दा छिटो औसत ५ जी डाउनलोड गति  छ। एटी एण्ड टीमा, डाउनलोड गति १४.६ प्रतिशत छिटो रहेकाे थियो।

सुधारिएको ५ जी पर्फर्मेन्सलाई आईफोन १५ प्रो र प्रो म्याक्स मोडलहरूमा अपग्रेड गरिएको मोडेमलाई मानिएको छ। यद्यपि एप्पलले आधिकारिक रूपमा यी उपकरणहरूमा प्रयोग गरिएको मोडेमको पुष्टि गरेको छैन। प्रो मोडेलहरूले क्वालकमको स्न्यापड्रागन एक्स ७० मोडेम प्रयोग गर्ने स्पीडस्मार्टले सुझाव दिएकाे छ। यो मोडेमले कम पावर खपत, राम्रो ५ जी क्यारियर एग्रीगेसन क्यापाब्लीटीज, र आईफोन सेल टावरबाट टाढा हुँदा इम्प्रुभ्ड कनेक्टिभीटी प्रदान गर्छ।

यी फाइदाहरूले आईफोन १५ प्रो र प्रो म्याक्सको आइफोन १४ प्रो लाइनअपको तुलनामा २४ प्रतिशत छिटो ५ जी गतिहरू प्रदान गर्ने बताइएकाे छ।

त्यस्तै  एप्पलले आफ्नै इन हाउसमा ५ जी  मोडेमहरू विकास गरिरहेको छ, तर कम्पनीले २०२६ सम्म क्वालकमसँग आफ्नो मोडेम आपूर्ति सम्झौतालाई विस्तार गरेको उल्लेख छ। यसले  एप्पलले आईफोनहरूको भावी पुस्तासम्म आफ्नो मोडेम प्रविधि प्रयोग गर्न नसक्ने संकेत गर्छ।

आइफोन १४ प्रोको ५ जी मोडेम चिपले प्रमुख अमेरिकी क्यारियरहरूमा डाउनलोड गतिमा उल्लेखनीय सुधारहरू प्रदान गर्ने बताइएकाे छ। अपग्रेड गरिएको मोडेमको साथ, एप्पलले आफ्ना प्रयोगकर्ताहरूको लागि छिटो गति र राम्रो कनेक्टिभीटी सुनिश्चित गर्दै आईफोनको ५ जी  पर्फरमेन्सलाई निरन्तरता दिने उल्लेख छ।

easy care

प्रकाशित: ३१ भाद्र २०८०, आईतवार