बीएमडब्ल्यूको मिनीले ईभी उत्पादनलाई चीनमा सार्ने

Technology Khabar ३१ भाद्र २०८०, आईतवार

बीएमडब्ल्यूको मिनीले ईभी उत्पादनलाई चीनमा सार्ने

काठमाडौं ।

ब्रिटिश अटोमोटिभ आइकन मिनीले चीनमा आफ्नो इभी उत्पादन गर्ने भएको छ। यस महत्त्वपूर्ण कदम अन्तर्गत ६४५ मिलियन अमेरिकी डलरको ठूलो लगानीका साथ बेलायतमा आफ्नो आधारहरू सुरक्षित गर्दै मिनीले ग्रेट वाल मोटरसँगको साझेदारीमार्फत आफ्नो उत्पादनको केही हिस्सा चीनमा सार्दैछ।

यो निर्णय लागत कटौती भन्दा पनि पर जाने र यो एक रणनीतिक चाल भएकाले यसको उद्देश्य विद्युतीय सवारी (ईभीहरु) को भविष्य जित्ने लक्ष्य रहेको उल्लेख छ।

मिनीको नेक्स्ट–जेन इलेक्ट्रिक कूपर थ्री–डोर र अल–न्यू एसम्यान मोडलहरू चीनस्थित झाङजियाङमा एसेम्बली लाइनहरू रोल अफ हुनेछन्। याङ्गसी नदीको छेउमा अवस्थित यस स्थानले लजिस्टिक फाइदाहरू प्रदान गर्ने छ भने यसले गर्दा निर्यातलाई पनि व्यवस्थित गर्ने उल्लेख गरिएको छ।

यद्यपि, गहिरोरूपमा बेलायतसँग जोडिएको ब्रान्डले गियरहरू चीनमा सार्दै गर्दा मिनी माथि शंकाहरु उब्जने सक्ने उल्लेख छ। यद्यपी अक्सफोर्ड प्लान्ट यथावत नै रहनेछ।

बीएमडब्ल्यू ग्रुपको मिनीको बेलायती फ्यासिलिटीमा हालैको ६४५ मिलियन अमेरिकी डलर लगानीले ब्रान्डको ब्रिटिश डीएनएलाई इन्ट्याक्ट राख्ने वाचा गरेको जनाइएको छ।

त्यसैगरी सन् २०२६ सम्ममा इलेक्ट्रिक थ्री–डोर र एसम्यान मोडलहरू बेलायतमा पनि उत्पादन गरिने उल्लेख छ। वास्तवमा, मिनीले आफ्नो जन्मस्थानको लागि दीर्घकालीन प्रतिबद्धता बनाउँदै सन् २०३० सम्ममा आफ्नो अक्सफोर्ड फ्यासिलिटीमा नै ईभीहरु उत्पादन गर्ने लक्ष्य राखेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

चाइनाको ग्रेट वाल मोटरसँगको साझेदारी द्रुतरूपमा उत्पादन बढाउनको लागि अस्थायी चाल भए तापनि स्मार्ट जस्तो देखिएको उल्लेख छ। चीनको उत्पादन दक्षता र बेलायतको सम्पदा र नवीनताको साथ यो दुबै संसारको सर्वश्रेष्ठ भएको जस्तै हो भनी उल्लेख गरिएको छ।

साथै मिनीले आफ्नो अद्वितीय पहिचानलाई त्याग नगरी ईभी बजारमा आफूलाई महत्त्वपूर्ण खेलाडीको रूपमा स्थापित गर्न खोजेको हुनाले यो हाइब्रिड रणनीति निर्णायक साबित हुन सक्ने जनाइएको छ।

यद्यपी चीन उद्यमको बारेमा अझै स्पष्टता नभएको उल्लेख छ। कम्पनीको यूके फ्यासिलिटीमा ठूलो लगानीलाई ध्यानमा राख्दै मिनीले बेलायतमा आफ्नो कार्यहरू सुदृढ गर्नुअघि यस साझेदारीलाई र्याम्पअप गर्नु अघिको छोटो अवधिको रणनीतिको रूपमा हेरेको पनि हुन सक्ने उल्लेख गरिएको छ।

easy care

प्रकाशित: ३१ भाद्र २०८०, आईतवार