फुजी फिल्मद्वारा १०२ एमपी एचएस ईमेज सेन्सरको साथ ‘जीएफएक्स१०० आईआई’ क्यामरा लन्च

Technology Khabar ३० भाद्र २०८०, शनिबार

फुजी फिल्मद्वारा १०२ एमपी एचएस ईमेज सेन्सरको साथ ‘जीएफएक्स१०० आईआई’ क्यामरा लन्च
Global IME Bank

काठमाडौं ।

फुजीफिल्मले मिररलेस डिजिटल क्यामरा ‘फुजीफिल्म जीएफएक्स१०० आईआई’ विश्व बजारमा लन्च गरेको छ। कम्पनीले विगतमा एक्स–एस२० जस्तै कम्प्याक्ट मिररलेस क्यामराहरू लन्च गरेको छ।

यद्यपी फुजीफिल्मले भने यो नयाँ फ्ल्यागशिप मोडल ल्याटेस्ट ईमेज प्रोसेसिङ्ग इन्जिनको साथ हाई बर्स्ट–शुटिङ भिडियो पर्फमेन्स प्रदान गर्न डिजाइन गरिएको बताएको छ।

फुजीफिल्म जीएफएक्स१०० आईआई का स्पेसिफिकेसन्स र फिचर्स

फुजीफिल्म जीएफएक्स१०० आईआईमा कम्पनीद्वारा भर्खरै विकसित १०२एमपी हाई–स्पिड ईमेज सेन्सरका साथमा एक्स–प्रोसेसर ५ ( हाई–स्पिड प्रोसेसिङ्ग इन्जिन) फिचर गरिएको उल्लेख छ। यी नयाँ विकसित सेन्सर र प्रोसेसिङ्ग इन्जिनले फोटोग्राफर र फिल्म निर्माताहरूलाई भिडियो र फोटोहरू सही रूपमा खिच्न अनुमति दिने जनाइएको छ।

साथै यस क्यामराले प्रयोगकर्ताहरूलाई ८ एफपीएस (फ्रेम पर सेकेण्ड) सम्ममा १०२ मेगापिक्सेलको तस्बिरहरू सिर्जना गर्न वा ५५एमएम इमेजिङ सेन्सरको पूर्ण चौडाइमा फोरके/६०पी भिडियो रेकर्ड गर्न सक्षम बनाउने उल्लेख छ।

त्यसैगरी एक्सटर्नल डिभाइस (बाह्य उपकरण) हरूसँग जडान विस्तार गर्नका लागि भनेर क्यामरामा एचडीएमआई टाइप–ए र यूएसबी–सी पोर्टहरू सहित इथरनेट पोर्ट राखिएका छन्। साथै, फोरके वा ६०पी लगायत कुनै पनि मोड वा फम्र्याटमा डाटा स्टोर गर्नका लागि यूएसबी–सी टर्मिनल मार्फत एक्सटर्नल एसएसडी जडान गर्न सकिने उल्लेख छ।

डिभाइसको बटनहरूमा पनि अघिल्लो मोडलको तुलनामा सुधार गरिएको जनाइएको छ। त्यस्का साथै प्रयोगकर्ता अनुभव सुधार गर्नको लागि उन्नत अपरेटिबिलिटीका साथ तीनओटा बटनहरू टप ग्रिपमा थपिएका छन्।

मूल्य र उपलब्धता

प्रेस विज्ञप्तिअनुसार यो क्यामरा सेप्टेम्बरको अन्त्यसम्म बजारमा उपलब्ध हुने अपेक्षा गरिएको छ। फुजीफिल्म जीएफएक्स१०० को मूल्य लगभग ७,४९९.९५ अमेरिकी डलर हुनेछ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ३० भाद्र २०८०, शनिबार