एप्पल डिभाइसमा भएको नयाँ त्रुटिले स्पाइवेयर संक्रमण निम्त्याएको अनुसन्धानकर्ताहरूको दाबी

Technology Khabar २६ भाद्र २०८०, मंगलवार

एप्पल डिभाइसमा भएको नयाँ त्रुटिले स्पाइवेयर संक्रमण निम्त्याएको अनुसन्धानकर्ताहरूको दाबी

काठमाडौं ।

डिजिटल वाचडग समूह सिटिजन ल्याबका अन्वेषकहरूले गत बिहीबार उनीहरूले इजरायली फर्म एनएसओसँग जोडिएको स्पाइवेयर भेट्टाएको बताएका छन्, जसले एप्पल डिभाइसहरूमा नयाँ पत्ता लागेको त्रुटिको दूरुपयोग गरेको छ।

गत हप्ता वाशिंगटनमा रहेको सिभिल सोसाइटी समूहका कर्मचारीको एप्पल उपकरणको निरीक्षण गर्दा, युनिभर्सिटी अफ टोरन्टोमा रहेको सिटिजन ल्याबले एक विज्ञप्तिमा बताएअनुसार  यो त्रुटि एनएसओको पेगासस स्पाइवेयरसँग डिभाइसलाई संक्रमित गर्न प्रयोग गरिएको थियो।

केही महिनाअघि विश्वभर पेगाससमार्फत जासुसीको मुद्दा चर्चामा आएको थियो, जसका कारण निकै बहस भएको थियो। अहिलेपनि आईफोनमा पेगासस स्पाइवेयर सफ्टवेयर इन्स्टल भइरहेको दाबी गरिएको छ, जसले प्रयोगकर्ताको जासुसी गरिरहेको छ।

यससँगै सिटिजन ल्याबले आइफोन र एप्पलका डिभाइस प्रयोगकर्तालाई चेतावनी दिएको छ। तिनीहरू सबैले आफ्नो फोन र अन्य उपकरणहरू सुरक्षित राख्नुपर्छ र यसको लागि तुरुन्तै अपडेट गर्न भनिएको छ।

सिटिजन ल्याबले एक्समा आफ्नो पोस्टमा बताएअनुसार गत हप्ता, अमेरिकी राजधानी वाशिंगटन डीसीमा एक व्यक्तिको उपकरणको जाँच गर्दा, पेगासस स्पाइवेयर एनएसओ समूहले डिभाइसमा जीरो-क्लिक जोखिम प्रयोग गरेर डेलिभर गरिरहेको थियो।

कसरी स्पाइवेयर जासूसी गर्दैछ

सिटिजन ल्याबले यो स्पाइवेयरलाई ब्लास्टपास नाम दिएको छ, जसले प्रयोगकर्तालाई थाहा नदिई आईओएस (१६.६) को पछिल्लो संस्करणमा चल्ने आइफोनलाई हानि पुर्याउन सक्छ अर्थात् प्रयोगकर्ताको फोन ह्याक हुने तर उसलाई थाहा नहुने समेत जानकारी दिएको छ।

सिटिजन ल्याबले एप्पललाई यो मालवेयरको बारेमा जानकारी गरायो, एप्पलले तुरुन्तै यसलाई ठीक गर्न विशेष अपडेटहरू जारी गर्यो। यी अपडेटहरू आईफोन, आईप्याड, म्याक कम्प्युटर र स्मार्टवाचहरू सहित सबै उत्पादनहरूका लागि हुन्।

“यसले देखाउँछ कि नागरिक समाजले फेरि एक पटक वास्तवमै परिष्कृत आक्रमणहरूको बारेमा प्रारम्भिक चेतावनी प्रणालीको रूपमा सेवा गरिरहेको छ,” सिटिजन ल्याबका वरिष्ठ अनुसन्धानकर्ता जोन स्कट-रेलटनले भने।

स्पाइवेयर विरुद्ध कसरी सुरक्षा गर्ने

एप्पलले आफ्ना प्रयोगकर्ताहरूलाई चेतावनी दिएको छ र उनीहरूलाई आफ्नो आईफोन, आईप्याड, म्याक बुक र एप्पल वाच तुरुन्त अपडेट गर्न सल्लाह दिएको छ। साथै, सिटिजन ल्याबले एप्पलको यो तत्काल कार्यको प्रशंसा गरेको छ।

स्मरणरहोस्, इजरायली फर्मलाई सरकारी अधिकारीहरू र पत्रकारहरूको निगरानी सहित कथित दुर्व्यवहारको लागि अमेरिकी सरकारले २०२१ देखि कालोसूचीमा राखेको छ।

easy care

प्रकाशित: २६ भाद्र २०८०, मंगलवार