फिलिप्स २७–इन्च फोरके मनिटर लन्च, ९६ वाट यूएसबी–सी चार्जिङ समावेश

Technology Khabar २५ भाद्र २०८०, सोमबार

फिलिप्स २७–इन्च फोरके मनिटर लन्च, ९६ वाट यूएसबी–सी चार्जिङ समावेश
Global IME Bank

काठमाडौं ।

फिलिप्सले कोडनाम ‘२७ई२एफ७९०१’ भएको आफ्नो नयाँ क्रियटर–फोक्स्ड (सिर्जनाकर्ता–केन्द्रित) २७–इन्चको मनिटर अनावरण गरेको छ। यो नयाँ मनिटरमा फोरके रिजोल्युसन, ९८ प्रतिशत डीसीआई–पी३ कलर गामट कभरेज र चार्ज गर्नका लागि भनेर ९६वाटको यूएसबी–सी पोर्ट रहेको छ।

यस नयाँ फिलिप्स २७–इन्च फोरके मनिटरमा ६० हर्ज प्यानल रहनुका साथै हाई कलर एक्युरेसी प्रदान गर्दछ। यो मनिटर भीईएसए डिस्प्लेएचडीआर ४०० सर्टिफाइड (प्रमाणित) रहेको र १६ः९ एस्पेक्ट रेसियो (पक्ष अनुपात) सँग आउने उल्लेख छ। साथै यस मनिटरको रेस्पोन्स टाइम (प्रतिक्रिया समय) ४एमएस रहेको छ।

मनिटरको ६० हर्जको म्याक्सिमम् (अधिकतम) डिस्प्ले रिफ्रेस रेट (दर) ले यस मनिटरलाई स्पेक्ट्रमको लोअर इन्डमा राखिएको छ भने केही मोडलहरूले १२० हर्ज सम्म अफर गर्ने जनाइएको छ। फिलिप्स २७ई२एफ७९०१ मा २,०००ः१ कन्ट्रास्ट रेसियो र ४०० निट्स सम्मको ब्राइटनेस रहेको छ। मनिटरले ट्रु ८ बिट ईमेज क्वालिटी र १०० प्रतिशत एसआरजीबी पनि प्रदान गर्ने जनाइएको छ। साथै मनिटरको फ्याक्ट्रि क्यालिब्रेसनले २ डेल्टा ई डेभिएसन्स प्रदान गर्नेछ।

फिलिप्स २७ई२एफ७९०१ मनिटरले स्मार्ट युनिफर्मिट फिचर गर्ने भएकाले डिस्प्ले युनिफर्मिटीलाई म्याक्सिमाईज गर्ने जनाइएको छ। मनिटरमा चार ओटा यूएसबी–ए, तीन ओटा यूएसबी–सी पोर्टहरू र एउटा एचडीएमआई २.० पोर्टहरू समावेश गरिएका छन्। यूएसबी–सी पोर्टहरू मध्ये एउटाले डिभाइस रिचार्ज गर्दा ९६डब्ल्यू को अधिकतम पावर प्रदान गर्ने जनाइएको छ। त्यस्का साथै मनिटरमा दुई ओटा डिस्प्लेपोर्ट १.४ कनेक्सन, एक केवीएम स्विच र एक समायोज्य स्ट्यान्ड पनि समावेश रहेका छन्।

नयाँ फिलिप्स मनिटर अब अमेरिकामा अमेजन र न्यूएग बाट ४९९.९९ अमेरिकी डलरमा किन्न सकिने उल्लेख छ। मनिटर कालो रङ्गमा उपलब्ध भएको र विश्वव्यापी बजारमा पनि पठाइने छ। यद्यपि, डेलिभरी मितिहरू र ढुवानी लागतहरू भने भिन्न हुनेछन्।

Sajilo Visa

प्रकाशित: २५ भाद्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया