विद्युतीय अपराध नियन्त्रण ऐन निर्माण गर्ने तयारी

Technology Khabar २२ भाद्र २०८०, शुक्रबार

विद्युतीय अपराध नियन्त्रण ऐन निर्माण गर्ने तयारी

काठमाडौं ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले विद्युतीय अपराध नियन्त्रण ऐन निर्माण गर्ने तयारी भएको बताएका छन्।

बिहीबार हेटौंडामा आयोजित विद्युतीय अपराध नियन्त्रण विधेयक तयारीसम्बन्धी अन्तर्क्रिया तथा पृष्ठपोषण कार्यक्रममा उनले छलफलबाट प्राप्त भएका सुझाबका आधारमा बिज्ञहरूसँग थप छलफल गरेर विधेयक मस्यौदा गरिने जानकारी दिए। संघिय सरकारले बिद्युतीय अपराधसम्बन्धी कानुन नबनाए पनि बागमती प्रदेश सरकारले पूर्वतयारी गरेको उनले बताए।

सो कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री युबराज दुलाल, नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक रत्नप्रसाद ढकाल, नेकपा (एमाले) का बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठ, प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक किरण राणालगायतले कानुन बनाउन चुनौतीपूर्ण रहेको चर्चा गर्दै कार्यान्वयन गर्न सकिने गरी कानून निर्माण हुनुपर्ने सुझाब दिए।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव गैडाले पछिल्लो समय सामाजिक सजालको दुरुपयोग हुँदा गलत सूचना प्रबाह, दुष्प्रचार, बदनियत भेदभाव, घृणापूर्ण अभिव्यक्ति दिने गतिविधि बढेकामा चिन्ता व्यक्त गरे। फेसबुक, टिकटक, भाइबर, हवादस एपको गलत प्रयोग भइरहेको दाबी गर्दै सामाजिक सञ्जालबाट चरित्र हत्या, ठगी, मानव बेचबिखन, तस्करी, फिरौतीलगायतका गतिबिधि हुने गरेको बताए।

स्रोत व्यक्ति एवं चिन डा. श्रीकृष्ण भट्टराईले विद्युतीय अपराधसम्बन्धी अन्तर्राष्ट्रिय अवस्था र नेपाल प्रहरी साइबर ब्युरोका प्रहरी निरीक्षक उमेशप्रसाद साहले नेपालमा पर्ने साइबर उजुरीका विषयमा प्रस्तुति दिएका थिए। गोरखापत्रबाट

easy care

प्रकाशित: २२ भाद्र २०८०, शुक्रबार