मिनी कम्प्युटर रास्पबेरी पाई प्रयोग गरेर अमेरिकामा एटीएमबाट चोरी

Technology Khabar २२ भाद्र २०८०, शुक्रबार

मिनी कम्प्युटर रास्पबेरी पाई प्रयोग गरेर अमेरिकामा एटीएमबाट चोरी

काठमाडौं ।

मिनी कम्प्युटर रास्पबेरी पाई प्रयोग गरेर अमेरिकामा चोरहरुले एटीएमबाट रकम चोरी गरेका छन्। अटोमेटेड टेलर मेसिन (एटीएम)बाट ५,७०० डलरभन्दा बढी रकम चोरी गरेको आरोपमा टेक्सासको लुबकमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा एबेल भेडेस, योर्डेनेज सान्चेज र कार्लोस हेररा-रुइज रहेका बताइएकाे छ। उनिहरुलाई होटलबाट पक्राउ गरी हिरासतमा लिइएको थियो।

आरोपlतहरूले एटीएममा रहेको सुरक्षा बाइपास गर्न र चोरी गर्न रास्पबेरी पाई कम्प्युटर सिस्टम प्रयोग गरेका थिए। उक्त घटना पश्चिम टेक्सास क्षेत्रमा रहेका धेरै एटीएमहरूमा भएको बताइएकाे छ।

स्थानीय समाचार आउटलेटका अनुसार आरोपितहरूबाट बरामद गरिएका प्रमाणहरूमध्ये दुई रास्पबेरी पाई कम्प्युटर रहेको बताइएकाे छ। रास्पबेरी पिस सुरक्षालाई निष्क्रिय पार्न तथा चोरहरूलाई नगद ड्रअरमा पहुँच प्राप्त गर्न अनुमति दिन प्रयोग गरिएको उल्लेख छ। रास्पबेरी पाई कम्प्युटर एटीएमको सुरक्षालाई बाइपास गर्न प्रयोग गरिएको बताइएको छ।

easy care

प्रकाशित: २२ भाद्र २०८०, शुक्रबार