इजिप्टमा मोबाइल फोन कारखाना स्थापना गर्न सामसङलाई गोल्डेन लाइसेन्स

Technology Khabar २२ भाद्र २०८०, शुक्रबार

इजिप्टमा मोबाइल फोन कारखाना स्थापना गर्न सामसङलाई गोल्डेन लाइसेन्स

काठमाडौं ।

इजिप्टको मन्त्रिपरिषद्ले सामसङलाई माथिल्लो इजिप्टको बेन स्विफमा रहेको कोम अबु राडी औद्योगिक क्षेत्रमा मोबाइल फोन कारखाना स्थापना र सञ्चालन गर्न गोल्डेन लाइसेन्स दिन सहमत भएको जनाएको छ।

दुई पक्षबीच भएको सम्झौता अनुसार, परियोजनाको उत्पादनको पहिलो चरण २०२४ को पहिलो छ माहिनामा सुरु हुनेछ र २०२५ को अन्त्यसम्ममा पूर्णरूपमा सम्पन्न हुनेछ।

आयोजनाले सन् २०२५ को अन्त्यसम्ममा ७६८ जनाले रोजगारीका अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।

easy care

प्रकाशित: २२ भाद्र २०८०, शुक्रबार