Technology Khabar १७ भाद्र २०८०, आईतवार
काठमाडौं ।
गत महिना लेनोभोले ईयूको लागि नयाँ ‘ट्याब पी१२’ ट्याब्लेट प्रस्तुत गरेको थियो। यसै क्रममा, नयाँ फ्लिपकार्ट पोस्टरले अब सो ट्याब्लेट अर्को महिना भारतमा आउने खुलासा गरेको छ।
दटेकआउटलुक को रिपोर्ट अनुसार नयाँ लेनोभो ट्याब पी१२ फ्लिपकार्टमा देखा परेको जनाइएको छ। साथै उक्त पोस्टरमा यस ट्याब्लेटको बिक्री आगामी सेप्टेम्बर ५ तारिखमा १२ बजे देखि सुरु गरिने उल्लेख गरिएको जनाइएको छ।
यद्यपी ट्याब्लेटको मूल्य निर्धारणको बारेमा भने अझै सम्म पनि घोषणा नगरिएको उल्लेख छ। साथै ईयू यसको मूल्य ३९९ यूरो रहेको छ।
लेनोभो ट्याब पी१२ को स्पेक्स्हरु
लेनोभो ट्याब पी१२ मा २९४४x१८४० को रिजोल्युसन सहितको ठूलो १२.७ इन्चको एलटीपीएस एलसीडी डिस्प्ले फिचर गरिएको छ। यस ट्याब्लेटमा ६० हर्ज रिफ्रेस रेट र २७३पीपीआई को पिक्सेल डेनसिटि (घनत्व) रहेको उल्लेख छ। यस ट्याब्लेटमा क्वाड जेबीएल स्पिकर्सहरू पनि समावेश गरिएको छ।
क्यामराको सन्दर्भमा यस ट्याब्लेटमा आरजीबी सेन्सर र वाइड फिल्ड अफ भ्यूकोसाथ १३ मेगापिक्सेलको फ्रन्ट–फेसिङ क्यामराको रहेको छ। त्यसैगरी ट्याब्लेटको पछाडिको सेटअपमा एलईडी फ्ल्यासको साथ ८ मेगापिक्सेलको अटोफोकस क्यामरा समावेश गरिएको छ।
त्यसैगरी अन्तर्गत, ट्याब्लेटमा मिडियाटेक डाइमेन्सिटी ७०५० प्रोसेसर समावेश गरिनुका साथै एन्ड्रोइड १३मा आधारित अपरेटिङ सिस्टमसँग पेयर्ड गरिएको छ। ट्याब पी१२ ले दुई वर्षको ओएस अपडेटहरूका साथै चार वर्षको सेक्युरिटी प्याच प्राप्त गर्नेछ।
यो ट्याब्लेट १२८जीबी स्टोरेज सहितको ४ जीबी र्याम र १२८ जीबी वा २५६जीबी स्टोरेजको विकल्पहरू सहित ८ जीबी र्याम गरी दुई मेमोरी भेरियन्टहरूमा आउने जनाइएको छ। ट्याब्लेटले माइक्रोएसडी कार्ड स्लट मार्फत विस्तार योग्य स्टोरेजपनि समर्थन गर्नेछ।
ट्याब्लेटले एक्सेलेरोमिटर जी सेन्सर, आरजीबी सेन्सर, जाइरोस्कोप, ई–कम्पास र हल सेन्सर सहित विभिन्न सेन्सरहरू समावेश गर्दछ। थप सुरक्षाको लागि भनेर फिङ्गरप्रिन्ट सेन्सरलाई पावर बटनमा एकीकृत गरिएको उल्लेख छ। कनेक्टिभिटी विकल्पहरूमा वाई–फाई ६, डुअल–ब्यान्ड वाई–फाई र ब्लुटुथ भी५.१ समावेश रहेको छन्।
साथै यसमा यूएसबी टाइप–सी २.० पोर्ट पनि रहेको उल्लेख छ। बलियो १०२०० एमएएच को ब्याट्री रहेको यस ट्याब्लेटले १० घण्टा सम्म भिडियो प्लेब्याक प्रदान गर्ने दाबी गरिएको छ। यो ट्याब्लेट स्टर्म ग्रे र ओट गरी दुई रङ्गहरूमा आउने उल्लेख गरिएको छ।
प्रकाशित: १७ भाद्र २०८०, आईतवार