मानिसहरू स्मार्टफोनदेखि दिक्क भएको अवस्था, फिचर फोनहरूले पुनरागमन गर्दै

Technology Khabar १६ भाद्र २०८०, शनिबार

मानिसहरू स्मार्टफोनदेखि दिक्क भएको अवस्था, फिचर फोनहरूले पुनरागमन गर्दै

काठमाडौं ।

स्मार्टफोनको बजार दिनप्रतिदिन बढिरहेको छ। यद्यपि, सबैलाई चन्द्रमाको सतहमा १२० एक्ससम्म जुम गर्न सक्ने, स्याटेलाइट मार्फत संचार वा कुराकानी गर्नसक्ने र थ्रीडी ईमेजहरू प्रोजेक्ट गर्न सक्ने टूके डिस्प्ले भएको फोनहरूको आवश्यक नपर्ने उल्लेख गरिएको छ।

केही व्यक्तिहरूले कुराकानी वा सञ्चारको लागि मात्र मोबाइल फोन प्रयोग गर्ने भएकाले टिकटकमा ६० सेकेन्डका भिडियोहरू हेरेर आफ्नो पूरा दिन बिताउन नचाहने जनाइएको छ। साथै, यस प्रकारको जमातको संख्या पनि बढ्दै गएको देखिएको उल्लेख गरिएको छ।

काउन्टरपोइन्टको रिपोर्टका अनुसार फिचर फोनहरुले अमेरिकी बजारमा पुनरागमन गरिरहेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

डम्ब फोन भनेर भन्ने गरिएको फिचर फोनहरुले अमेरिकी बजारमा पुनरागमन गर्दैछन्। फिचर फोनहरुले पुनरागमन गर्नुमा डिजिटल डिटोक्सको बढ्दो लोकप्रियता, फीचर फोनको किफायतिता र रग्डाइज्ड डिभाइसहरूको बढ्दो मागसहित धेरै कारकहरू रहेको छन्।

फिचर फोन कमब्याक (पुनरागमन) को मुख्य कारण भनेको डिजिटल डिटोक्सको बढ्दो लोकप्रियता भएको उल्लेख छ। धेरै भन्दा धेरै मानिसहरूले अत्यधिक स्मार्टफोन प्रयोगको नकारात्मक प्रभावहरू जस्तै चिन्ता, अवसाद, र निद्रा अभावको महसुस गरेको जनाइएको छ। फिचर फोनहरूले स्मार्टफोनको कन्सट्यान्ट सिमुलेसन बाट उम्कने र  वास्तविक संसारसँग पुन जोडिने तरिका प्रदान गर्दछ।

काउन्टरपोइन्टका अनुसार, अमेरिकी फीचर फोन बजार तुलनात्मक रूपमा अझै पनि सानो भएको तर द्रुत गतिमा बढिरहेको जनाइएको छ। सन् २०२३ मा अमेरिकामा ढुवानी २.८ मिलियन पुग्ने अपेक्षा गरिएको छ। अमेरिकी फीचर फोन बजारमा दुई प्रमुख ओईएमहरू टीसीएल र एचएमडी रहेका छन्। टीसीएल ४३ प्रतिशत बजार हिस्सा (सेयर) को साथ मार्केट लिडरको रुपमा रहेको छ भने २६ प्रतिशत बजार हिस्सा (सेयर) को साथ एचएमडी दोस्रो स्थानमा रहेको उल्लेख छ।

बजारका अन्य खेलाडीहरूमा सोनिम, क्योसेरा, शोक र टिन्नो समावेश रहेका छन्। यद्यपि फीचर फोनहरू संयुक्त राज्य अमेरिकामा एक निस मार्केटको रुपमा रहने अपेक्षा गरिएको भए तापनि तिनीहरूको लोकप्रियता आउने वर्षहरूमा बढ्दै जाने सम्भावना रहेको जनाइएको छ।

आंशिक रूपमा डिजिटल डिटोक्सिङको सुविधा प्रदान गर्ने डिभाइसहरूमा बढ्दो चासोको साथसाथै अप–टु–डेट फङ्गसन्यालिटीका साथ आउने फिचर फोनहरूको उपलब्धताको कारण फिचर फोनहरूको बजार बढ्दै जाने सम्भावना रहेको उल्लेख छ।

easy care

प्रकाशित: १६ भाद्र २०८०, शनिबार