ओप्पोले ट्रिपल हसब्लाड क्यामरा भएको फाइन्ड एन ३ फ्लिप लन्च गर्दै

Technology Khabar ८ भाद्र २०८०, शुक्रबार

ओप्पोले ट्रिपल हसब्लाड क्यामरा भएको फाइन्ड एन ३ फ्लिप लन्च गर्दै

काठमाडौं ।

ओप्पोले ट्रिपल हसब्लाड क्यामरा भएको फाइन्ड एन ३ फ्लिप फोन लन्च गर्दैछ।अगस्ट २९ मा फाइन्ड एन ३ फ्लिप लन्च गर्ने कम्पनिले पुष्टि गरेको हो।

क्ल्यामशेल फोल्डेबलले ठाडो स्क्रिनलाई राख्ने बताइएको छ। तर सेग्मेन्टमा पहिलो ट्रिपल क्यामरा ल्याउनेछ जसमा तीन ओटा लेन्सहरू एउटै ठूलो सर्कलमा राखिएको उल्लेख छ। तिनीहरूले हसब्लाड लोगो पनि प्राप्त गर्ने बताइएको छ।

कार्यक्रममा ओप्पो वाच ४ प्रोको डेब्यु पनि गरिने उल्लेख छ। वेयरेबललाई थोरै घुमाउरो स्क्रिन र दुई रङ विकल्पहरूका साथमा चित्रित गरिएको छ।

डिभाइस चीनको निकै चर्चित मोडल तथा अभिनेत्री शू क्वीको हातमा खिचिएको थियो। ओप्पोले फ्लिपको स्पेसिफिकेशनको बारेमा धेरै खुलासा गरेको छैन। यसले फिंगरप्रिन्ट स्क्यानरलाई छेउमा राख्ने, तथा पावर की मा इम्बेड गरिएको उल्लेख छ।

वाच ४ प्रो मा प्रख्यात ‘बटम की’ हुनेछ। तर पूर्ववर्ती वाच ३ प्रो बाट रेक्टेङ्गल डिस्प्ले तथा रोटेटिङ्ग क्राउन बटनको समग्र डिजाइन राख्ने बताइएको छ। यसमा खैरो र कालो  दुई रङ विकल्पहरू हुने उल्लेख छ। कम्तिमा दुई लेसेसहरू रबर/फ्लोरोइलास्टोमर र लेदरको हुने पनि बताइएको छ।

डिभाइस अनावरण हुन अझै पाँच दिन बाँकी रहेकाले ओप्पोले आफ्ना आगामी डिभाइसहरूका बारेमा अन्य  केही विशेषताहरू पनि सार्वजनीक गर्न सक्ने आशा गरिएको छ।

Sajilo Visa

प्रकाशित: ८ भाद्र २०८०, शुक्रबार

ताजा समाचार