दूरसञ्चार प्राधिकरणको ७ करोडको ठेक्का क्याप्टेन रामेश्वर थापाको कम्पनीलाई

  • Technology Khabar | ७ भाद्र २०८०, बिहीबार
दूरसञ्चार प्राधिकरणको ७ करोडको ठेक्का क्याप्टेन रामेश्वर थापाको कम्पनीलाई

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले क्याप्टेन रामेश्वर थापाको कम्पनीबाट मोबाइल सेवाको गुणस्तर मापन गर्ने उपकरण खरिद गर्ने भएको छ।

प्राधिकरणले आपूर्ति, स्थापना र ड्राइभ टेस्टमा आधारित मोबाइल नेटवर्क बेन्चमार्किङ प्रणाली खरिदका लागि एडभान्टेज इन्टरनेस्नल प्रालिलाई ७ करोड ४ लाख ९४ हजार ५५३ रुपैयाँ ठेक्का दिएको छ।

एडभान्टेज इन्टरनेस्नल प्रालि क्यापटेन रामेश्वर थापाको सिम्रिक भेन्चर्स अन्तर्गतको कम्पनी हो। सिम्रिक भेन्चर्सका चेयरम्यान क्याप्टेन रामेश्वर थापा रहेको त्यसको वेबसाइटबाट देखिन्छ।

प्राधिकरणले भदौ ५ गते सूचना मार्फत उक्त कम्पनीलाई आशय पत्र जारी गरेको छ।

प्राधिकरणले मोबाइल सेवाको गुणस्तर, भ्वाइस, डाटा तथा एएसमएसको गुणस्तर मापन गर्न आवश्यक उपकरण खरिद गर्न एडभान्टेज इन्टरनेस्नल प्रालिलाई छनोट गरेको हो।

यस्तै किसिमको प्रविधि हाल विवादमा रहेको टेरामोसमा पनि समावेश रहेको छ।

यसअघि राष्ट्रिय परिचय पत्रको कल सेन्टरको लागि भक्सक्रोसँग संयुक्त उद्यममा ठेक्का पाएको कम्पनी पनि हो।

प्रकाशित: ७ भाद्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • ७ भाद्र २०८०, बिहीबार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • ७ भाद्र २०८०, बिहीबार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • ७ भाद्र २०८०, बिहीबार