Technology Khabar ७ भाद्र २०८०, बिहीबार
काठमाडौं ।
वानप्लस १२ स्मार्टफोन आउँदो जनवरीमा लन्च हुने अपेक्षा गरिएको छ। वानप्लस ११ सार्वजनिक भएको एक वर्षपछि यसकाे नयाँ संस्करण वान प्लस १२ सार्वजनिक हुने भएको हो।
वेइबोमा भरपर्दो डिजिटल च्याट स्टेशनअनुसार, वानप्लस १२ ले विशिष्ट विशेषताहरु प्रस्तुत गर्नेछ। यसले चिनियाँ कम्पनीद्वारा निर्मित घुमाउरो स्क्रिन प्रयोग गर्ने छ, जसले उच्च फ्रिक्वेन्सी पल्स चौडाइ मोड्युलेसन डिमिङलाई समर्थन गर्ने उल्लेख छ। डिभाइस स्पष्ट रूपमा नयाँ सब्सट्रेट प्रविधिमा निर्मित रहेको बताइएकाे छ।
यस्तै आगामी स्न्ययापड्रयागन ८ जेन ३ चिपसेट १६ जीबी वा २४ जीबी र्यामसँग जोडिएको हुनेछ। ब्याट्री ५,४०० एमएएच हुने, जसमा १०० वाट फास्ट वायर्ड चार्जिङ तथा ५० वाट वायरलेस चार्जिङको लागि समर्थन हुने पनि उल्लेख छ।
मुख्य क्यामराले नयाँ, अझै-अघोषित ५० मेगापिक्सेलको सोनी आइएमएक्स ९ एक्सएक्स सेन्सर प्रयोग गर्नेछ। यसको छेउमा ५० एमपी अल्ट्रावाइड र ६४ एमपी ३ एक्स पेरिस्कोप टेलिफोटो स्न्यापर युक्त वान प्लस फोन पहिलो हुने बताइएको छ। फोनमा मेटल मिडल फ्रेमका साथै डिस्प्लेमा एम्बेडेड अल्ट्रा-थिन अप्टिकल फिंगरप्रिन्ट रिडर हुनेछ।
भाइब्रेसन मोटर क्रिस्प र डिप भाइब्रेसन लागि एक “अल्ट्रा-लार्ज ” एक्स -एक्सीस मोटर हुने तथा यसमा “सुपर लार्ज” हिट डिसीपेसन क्षेत्र हुने पनि बताइएको छ।
अघिल्लो चर्चाहरूका अनुसार, डिभाइसकाे स्क्रिन साइज ६.७ इन्च, यसको रिफ्रेस दर १२० हर्ट्ज तथा रिजोल्युसन क्यूएचडी प्लस हुनेछ। एउटा ३२ एमपी सेल्फी स्न्यापर, बोर्डमा एन्ड्रोइड १४ मा आधारित अक्सिजन ओएस १४ तथा कम्तिमा २५६ जीबी यूएफएस ४.० स्टोरेजको पनि अपेक्षा गरिएको छ।
प्रकाशित: ७ भाद्र २०८०, बिहीबार