ओप्पोको फोल्डेबल ‘फाइन्ड एन३’ ले पायो आईएमडीए सर्टिफिकेसन, छिटै लन्च हुने संकेत

Technology Khabar ४ भाद्र २०८०, सोमबार

ओप्पोको फोल्डेबल ‘फाइन्ड एन३’ ले पायो आईएमडीए सर्टिफिकेसन, छिटै लन्च हुने संकेत

काठमाडौं ।

ओप्पोको फाइन्ड एन३ नामक नयाँ बुक शैलीको फोल्डेबल फोनको चर्चा सुन्दै आएको धेरै समय भइसकेको छ। अहिलेसम्ममा लीकले यस फोल्डेबलको मूल्य बाहेक लगभग सबै विवरणहरूको बारेमा खुलासा गरिसकेको उल्लेख छ।

तर ओप्पो भने आफ्नो नयाँ डिभाइसको लन्चको बारेमा चुपचाप रहेको र हालैको सर्टिफिकेसन लिस्टिङ्ग (प्रमाणीकरण सूची)ले अब यो फोल्डेबलको ग्लोबल डेब्यु नजिकिँदै गरेको देखाएको छ।

आगामी ओप्पो फाइन्ड एन३ सिंगापुरको आईएमडीए सर्टिफिकेसन वेबसाइटमा मोडल नम्बर सीपीएच२४९९ सहित भेटिएको गीज्मोचाइनामा उल्लेख गरिएको छ। फाइन्ड एन३ एक फाइभजी डिभाइस हुनुका साथै यसले ३जी, ४जी र ५जी नेटवर्क कनेक्टिभिटीलाई समर्थन गर्ने सर्टिफिकेसन लिस्टिङ्गले पुष्टि गरेको छ। त्यस्को साथै फाइन्ड एन३ ले ब्लुटुथ, वाइफाइ, एनएफसी र जीपीएस कनेक्टिभिटी पनि हुनेछ।

अघिल्लो रिपोर्टहरूले खुलासा गरेअनुसार ओप्पो फाइन्ड एन३ मा ५० मेगापिक्सेल प्राइमरी शूटर, ४८ मेगापिक्सेलको अल्ट्रा–वाइड एंगल लेन्स र ६४ मेगापिक्सेलको पेरिस्कोप जुम सेन्सरका साथ ट्रिपल–लेन्स रियर क्यामरा सिस्टम हुन सक्ने छ। प्राइमरी क्यामरामा सोनी आईएमएक्स८९० सेन्सर र अल्ट्रा–वाइड एंगल लेन्समा आईएमएक्स५८१ सेन्सर प्रयोग गर्ने अफवाह रहेका छन्। त्यसैगरी टेलिफोटो शूटरले ओम्नीभिजन ओभी६४बी सेन्सर प्रयोग गर्ने र ३एक्स अप्टिकल जुम प्रदान गर्ने अफवाह छ।

रिपोर्टहरुकाअनुसार फाइन्ड एन३ को कुल स्क्रिन साइज १४.१२ इन्चको हुने र त्यसमा ७.८२ इन्चको प्राइमरी डिस्प्ले र ६.३१ इन्चको सेकेन्डरी डिस्प्ले रहने उल्लेख गरिएको छ। साथै उक्त दुबै डिस्प्ले एएमोलेड हुने अपेक्षा गरिएको छ भने अगाडि ३२ मेगापिक्सेल सेल्फी शूटर पनि समावेश गरिने उल्लेख छ। त्यसैगरी भर्खरको गीकबेन्च लिस्टिङ्गले फाइन्ड एन३ मा डाइमेन्सिटी ९२०० चिप समावेश गरिने खुलासा गरेको छ।

स्मार्टफोन १२ जीबी र्यामबाट सुसज्जित हुन सक्ने र एन्ड्रोइड १३ मा चल्ने सम्भावना रहेको छ। रिपोर्टहरूकाअनुसार डिभाइस १६ जीबी र्याम भेरियन्टमा पनि आउने र कलरओएस १३.१ अनुभव प्रदान गर्नेछ।

Sajilo Visa

प्रकाशित: ४ भाद्र २०८०, सोमबार

ताजा समाचार