Technology Khabar ३२ श्रावण २०८०, बिहीबार
काठमाडौं ।
फोटोलाई सजिलै पीडीएफ (पोट्रेबल डकुमेन्ट फर्म्याट) फाइलमा कन्भर्ट गर्न सकिन्छ। एन्ड्रोइड, आईफोन, विन्डोज र म्याक डिभाइस मार्फत फोटोलाई सहज रुपमा पीडीएफ बनाउन सकिन्छ।
फोटोलाई पीडीएफमा परिवर्तन गर्नुको विशेष रुपमा दुई ओटा फाइदा छ। फोटोको कन्टेन्टलाई पीडीएफ फर्म्याटमा सजिलै पढ्न सकिन्छ भने साथै पीडीएफ फाइलको ओरिजिनल क्वालिटीमा कुनै हानि पुग्दैन।
यसरी बनाउन सकिन्छ फोटोलाई एन्ड्रोइडमा पीडीएफ
एन्ड्रोइडमा
=सबैभन्दा पहिला एन्ड्रोइड डिभाइसको ग्यालेरी एप खोल्ने।
=पीडीएफमा परिवर्तन गर्न चाहेको फोटो छनोट गर्ने।
=त्यसपछि तीन भर्टिकल डट्स आइकनमा ट्याप गर्ने।
=मेन्यूको तलतर्फ प्रिन्टको विकल्प हुन्छ, त्यसलाई सेलेक्ट गर्ने।
=त्यहाँ सेभ एस पीडीएफको अप्सन आउँछ। त्यसमा क्लिक गर्ने र डाउनलोड पीडीएफको ऐरो देखिन्छ। त्यसमा ट्याप गर्ने।
=त्यस पछि फाइलको कहा डाउनलोड वा सेभ गर्ने भनेर छनौट गर्नुपर्छ। उपयुक्त ठाउँ चयन गरेर तल दिइएको सेभ बटनमा क्लिक गर्ने।
आईओएसमा
=सबैभन्दा पहिला आईफोनको फोटोज एप खोल्ने र पीडीएफमा परिवर्तन गर्न चाहेको फोटो छनौट गर्ने।
=त्यसपछि सेयर बटनमा ट्याप गर्ने, त्यसपछि प्रिन्ट अप्सन देखिन्छ र त्यसमा ट्याप गर्ने।
=प्रिन्टमा ट्याप गर्ने वित्तिकै फोटो पीडीएफमा कन्भर्ट हुन्छ।
=त्यसपछि माथि दायाँ तर्फ सेयरको बटन देखिन्छ। त्यसमा ट्याप गरेपछि पीडीएफ फाइल सेयर गर्न सकिन्छ र फेरी सेभ टू फाइल्समा ट्याप गरेर आईफोनमा सेभ गर्ने।
विन्डोज पीसीमा
=विन्डोज पीसीमा पीडीएफमा कन्भर्ट गर्नका चाहेको फोटोलाई छनोट गर्नु पर्छ।
=त्यस पछि उक्त फोटोलाई विन्डोजको पिक्चर एपमा खोल्ने अनि माथि टपमा तीन डटको मेन्यू देखिन्छ त्यसमा क्लिक गर्ने।
=माथि प्रिन्टरको अप्सन देखिन्छ। त्यहाँ माइक्रोसफ्ट प्रिन्ट टू पीडीएफको विकल्प चयन गर्न सकिन्छ।
=त्यसपछि तल प्रिन्टको अप्सनमा ट्याप गरेपछि फोटो पीडीएफमा कन्भर्ट हुन्छ। उक्त पीडीएफलाई सेभ गर्नका लागि स्थान चयन गर्ने। पीडीएफ फाइललाई डेस्कटपमा पनि सेभ गर्न सकिन्छ।
प्रकाशित: ३२ श्रावण २०८०, बिहीबार