ओप्पोको नयाँ फोल्डेबल फोन फाइन्ड एन ३ फ्लीप नयाँ रेन्डरहरूमा देखियो

Technology Khabar ३१ श्रावण २०८०, बुधबार

ओप्पोको नयाँ फोल्डेबल फोन फाइन्ड एन ३ फ्लीप नयाँ रेन्डरहरूमा देखियो

काठमाडौं ।

ओप्पो फाइन्ड एन ३ फ्लीप नयाँ रेन्डरहरूमा देखा परेको छ। लीकस्टर डिजिटल च्याट स्टेसन र प्राइसबाबाले वर्षको सुरुमा पहिले साझा गरिएका रेन्डरहरूबाट अद्यावधिक गरिएको लीक देखा परेको हो।

नयाँ रेन्डरहरूमा ठूलो परिवर्तन क्यामरा आइल्यान्ड रहेको उल्लेख छ, जुन तीन सेन्सरहरू र ह्यासलब्लाड ब्रान्डिङको साथ रिंग हाउजिङ्गको रूपमा देखाइएको छ। अग्लो कभर स्क्रिन डिस्प्लेहरू फाइन्ड एन २ फ्लिपको जस्तै आकार देखिने उल्लेख छ।

त्यस्तै, फाइन्ड एन ३ मा १२० हर्ज रिफ्रेस रेट र ३.२६ इन्च एमोलेड कभर स्क्रिनको साथ ६.८-इन्च एलटिपीओ एमोलेड डिस्प्ले रहने छ।

क्यामराको रिङमा ५० एमपी मुख्य क्यामरा (आइएमएक्स ८९०) ओआइएस सँगसँगै ८ एमपी अल्ट्रावाइड मोड्युल र ३२ एमपी टेलिफोटो लेन्स हुने उल्लेख छ। एन्ड्रोइड १३ मा आधारित कलर्स ओएस १४ ले सफ्टवेयर साइड कभर गर्ने अपेक्षा गरिएको छ।

फाइन्ड एन ३ फ्लीपलाई यस पटक यसको पूर्ववर्ती ३३ वाट बाट ६७ वाट द्रुत चार्जिङ समर्थन गर्ने पनि प्रमाणित गरिएको उल्लेख छ।

Sajilo Visa

प्रकाशित: ३१ श्रावण २०८०, बुधबार

ताजा समाचार