वान प्लस एस २ प्रो २४ जीबी र्यामको साथ लन्च हुने

Technology Khabar २६ श्रावण २०८०, शुक्रबार

वान प्लस एस २ प्रो २४ जीबी र्यामको साथ लन्च हुने

काठमाडौं ।

वान प्लस एस २ प्रो २४ जीबी र्यामको साथ लन्च हुने भएको छ। अगस्ट १६ मा अनावरण गर्ने चर्चा रहेको डिभाइसमा ठूलो २४ एलपीडीडीआर ५ एक्स र्याम प्याक गर्ने वान प्लसले घोषणा गरेकाे हाे।

वान प्लसले २४ जीबी र्याम मोडलमा कति भण्डारण हुनेछ भनेर भने खुलासा गरेको छैन। तर एनटूटूको जानकारीकाअनुसार, डिभाइस १ टीबी भण्डारण अनबोर्डमा आउनेछ। यसमा १६ जीबी र्याम संस्करण पनि रहेको छ, जसमा २५६ जीबी वा ५१२ जीबी स्टोरेज हुनसक्ने बताइएको छ।

वानप्लसले एस २ प्रो स्न्यापड्रयागन ८ जेन २ एसओसीद्वारा संचालित हुने तथा एचडीआर १० प्लसको साथ ४५० पीपीआइको पिक्सेल डेन्सिटीको साथ ६.७४ इन्च १२० हर्ज १.५ के ओएलइडी स्क्रिन प्याक गर्ने पहिले नै बताएको थियो।

यो ५,००० एमएएच  ब्याट्री युक्त रहने तथा १७ मिनेटमा बन्डल्ड १५० वाटको चार्जरसँग पूर्ण चार्जको साथ ४५ वाट यूएसवी पीडीलाई पनि समर्थन उल्लेख छ।

Sajilo Visa

प्रकाशित: २६ श्रावण २०८०, शुक्रबार