भारतले ल्यापटप र ट्याब्लेटको आयात प्रतिबन्ध लगाउन ३ महिना ढिलाइ गर्ने

Technology Khabar २२ श्रावण २०८०, सोमबार

भारतले ल्यापटप र ट्याब्लेटको आयात प्रतिबन्ध लगाउन ३ महिना ढिलाइ गर्ने

काठमाडौं ।

भारतले ल्यापटप, ट्याब्लेट र पर्सनल कम्प्युटरको आयातको लागि नयाँ इजाजतपत्र प्रणाली लागू हुनु अघि लगभग तीन महिनाको संक्रमण अवधि प्रदान गर्ने देशको व्यापार नियामकले शुक्रबार अबेर जानकारी दिएको छ।

यसअघि सरकारले देशभित्र ल्यापटप, ट्याब्लेट र पर्सनल कम्प्युटरको आयातमा पूर्ण प्रतिबन्ध लगाएको घोषणा गरेको थियो।

इजाजतपत्र आवश्यकता तत्काल लागू गर्ने बिहीबारको आश्चर्यजनक निर्णयभन्दा यो ठिक विपरित हो, जसले नियममा ढिलाइको लागि संकेत गरेको छ।

“इजाजतपत्र बिना नै अक्टोबर ३१ सम्म आयात खेप क्लियर गर्न सकिनेछ र नोभेम्बर १ गतेदेखि आयात क्लियरेन्सका लागि सरकारी स्वीकृति लिनुपर्नेछ,” सरकारले एक सूचनामा भनेको छ।

गत बिहीबारको भारतीय सरकारको अधिसूचनाले कारबाहीको कारण बताएको छैन, जसले एप्पल, डेल र सामसङ जस्ता प्रविधि कम्पनीहरूलाई असर गर्न सक्छ र सम्भावित रूपमा उनीहरूलाई स्थानीय उत्पादन गर्नका लागि बढावा दिन्छ।

यो कदम चीनसँगको व्यापार असंतुलनलाई सम्बोधन गर्ने उद्देश्यले गरिएको एक सरकारी अधिकारीले भनेका थिए।

नयाँ दिल्लीले दुई दिनभित्र कम्पनीहरूलाई ल्यापटप र ट्याब्लेट आयात गर्न इजाजतपत्र जारी गर्ने बताएको थियो। लाइसेन्स अनलाइन प्राप्त गर्न सकिन्छ।

लाइसेन्सका लागि आवेदन दिन कम्पनीहरूले कन्साइनमेन्टको उत्पत्ति, आयात गर्ने संख्या र विगतको आयात इतिहासको जानकारी उपलब्ध गराउनु पर्ने बताईएको छ।

easy care

प्रकाशित: २२ श्रावण २०८०, सोमबार