दूरसञ्चार क्षेत्रमा हुने अपराध न्युनिकरण गर्न टेरामोस प्रविधि प्रभावकारी हुने प्राधिकरणको दाबी

  • Technology Khabar | १७ श्रावण २०८०, बुधबार
दूरसञ्चार क्षेत्रमा हुने अपराध न्युनिकरण गर्न टेरामोस प्रविधि प्रभावकारी हुने प्राधिकरणको दाबी

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरण टेलिकम्यूनिकेसन ट्राफिक अनुगमन र ठगी नियन्त्रण प्रणाली (टेरामोस) प्रविधि जडान गर्ने योजनामा रहेको छ। मोबाइल अपरेटरहरुको लगातार रुपमा गिर्दो राजश्व, कल वाइपास र खस्कदो सेवालाई मापन गर्न प्राधिकरणले टेरामोस प्रविधि जडान गर्न खोजेको बताएको छ।

टेरामोस प्रविधि जडान गर्न आवश्यक सम्पूर्ण उपकरणहरु प्राधिकरणले खरिद गरिसकेको छ। तर मोबाइल सेवा प्रदायकहरु टेरामोस प्रविधिको विपक्षमा रहँदा प्राधिकरणले यसलाई कार्यान्वयनमा ल्याउन सकिरहेको छैन।

टेरामोस प्रविधि कार्यान्वयनमा ल्याउन सकिए मोबाइल अपरेटरहरुको वास्तविक आम्दानी देखिने, ठगिमा नियन्त्रण हुनुका साथै ग्राहकले स्तरिय सेवा प्राप्त गर्ने प्राधिकरणको दाबी छ।

नियामकसँग सेवा प्रदायकको वास्तविक आम्दानी पहिचान गर्ने स्तरिय प्रविधिको अभाव हुँदा राजश्व चुवाट भएको हुन सक्ने प्राधिकरणको बुझाई छ।

प्राधिकरणले प्रस्तुत गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ देखि मोबाइल प्रयोगकर्ताको संख्या बढ्दो रुपमा देखिए पनि कारोबार रकम भने घट्दो क्रममा छ। आर्थिक वर्ष २०७४/७५ मा मोबाइल अपरेटरले ९८ अर्ब ६८ करोड रुपैयाँको कारोबार गरेकोमा आर्थिक वर्ष २०७८/७९ मा ७७ अर्ब ५ करोडमा आइपुगेको छ।

आर्थिक वर्ष २०७४/७५ को आम्दानीको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा मोबाइल सेवा प्रदायकको आम्दानी २१ अर्ब रुपैयाँले घटेको छ। यस्तो हुन पछाडिको सत्य तथ्य पत्ता लगाउन पनि टेरामोस प्रविधि जडान गर्न प्राधिकरणले जोड दिँदै आइरहेको छ।

यस्तै २०६८ देखि २०७६ सम्मको सीआईबीको तथ्यांक अनुसार कल वाइपासबाट १२ अर्ब भन्दा बढीको आम्दानी गुमेको प्राधिकरणले जानकारी दिएको छ। टेरामोस प्रविधि जडान गर्न सकिए कल वाइपास पनि नियन्त्रण गर्न सकिने प्राधिकरणले दाबी गर्दै आइरहेको छ।

के हो टेरामोस प्रविधि ?

टेरामोस प्रणाली पूर्ण विकसित दुरसञ्चार क्षेत्रमा हुने ठगिका गतिविधि, भ्वाइस तथा डाटा सेवाको गुणस्तर मापन तथा अनुगमन र भ्वाइस तथा डाटाको कुल भोल्यूम परीक्षण गर्ने प्रविधि हो।

यस परियोजनाको प्रमुख उद्देश्य भ्वाइस तथा डाटा सेवको गुणस्तर वृद्धि गरी ग्राहकलाई अधिकतम स्तरिय सेवा प्रदान गर्नु रहेको छ। भ्ने, प्रयोगकर्ता औसत राजश्वलाई सुधार गरेर टेलिकम राजश्व बढाउन उक्त प्रविधिले भूमिका निर्वाह गर्ने प्राधिकरणको भनाई छ।

यसले अपरेटहरुद्वारा निक्रीयोग गरिएको ट्राफिक भोल्युम सही र पूर्ण भए नभएको सुनिश्चित गर्दछ। ठगि गतिविधिहरु (उदारण कल वाइपास) क्रियाकलापबाट हुने करोडौंको राजश्व चुवावट रोकेर सरकारको समग्र राजश्व वृद्धिमा मद्दत गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १७ श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • १७ श्रावण २०८०, बुधबार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • १७ श्रावण २०८०, बुधबार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • १७ श्रावण २०८०, बुधबार