Technology Khabar १५ श्रावण २०८०, सोमबार
काठमाडौं ।
सामसङ नेपालले सामसङ टिभीहरूमा ३ वर्षसम्मको पूर्ण वारेन्टी दिने अफर ल्याएको छ। यो वारेन्टी यस वर्षको अन्त्य अघि सामसङको आधिकारिक आउटलेटहरूबाट खरिद गरिएको सामसङ टि, ए, बि र सी–सिरिज टिभी सेटहरूमा लागु हुनेछ।
सामसङ नेपालको उपभोक्ता इलेक्ट्रोनिक्सका महाप्रबन्धक, आलोक कुमार गुप्ताले भने, “यस अफरमार्फत हाम्रा ग्राहकहरूलाई हामीले पूर्ण शन्तुष्टिको साथ गुणस्तरीय स्क्रिन टाइमको आनन्द लिने अवसर प्रदान गर्न पाउँदा हामीलाई पनि ठुलो आनन्द मिलेको छ। यो ३ वर्षको वारेन्टी अफरले सबै सामसङ टिभी ग्राहकहरूलाई चिन्ता–मुक्त आश्वासन प्रदान गर्ने छ र यो अफर सकेसम्म धेरै उपभोक्ताहरूलाई प्रदान गर्न पाउने आशा गर्दछौँ।”
यो अफर क्युएलईडी, फ्रेम, युएचडी, एफएचडी टिभी जस्ता धेरै सामसङ टिभीको रेन्जहरूमा लागु हुने बताईएको छ। यो वारेन्टी अफर २०२३ अगष्ट १ देखि ३२” देखि ८५” का सामसङ टिभीको उपलब्ध रेन्जहरू अन्तर्गत खरिद गरिएका टिभीहरूका लागि मान्य हुनेछ र डिसेम्बर ३१, २०२३ मा सो अफर समाप्त हुनेछ।
यो अफर नेपालका लागि सामसङ टिभीहरूको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि अन्तर्गत डिलर नेटवर्कबाट खरिद गरिएका र माथि उल्लिखित टि, ए, बि र सी सिरिजका टिभीहरूमा मात्र लागू हुनेछ। यस ३ वर्षको वारेन्टी अफरमा रिमोटहरू भने समावेश गरिएको छैन।
रिमोट कन्ट्रोलहरूमा भने एक वर्षको वारेन्टी प्रदान गरिएको कम्पनीले जनाएको छ।
प्रकाशित: १५ श्रावण २०८०, सोमबार